• Terms & Condition
  • Privacy policy

Nepali Eassy

  • _Multi Dropdown
  • __Dropdown 1
  • __Dropdown 2
  • __Dropdown 3
  • ApplicationLetter

Nepali Eassy

महिला हिंसाको बारेमा निबन्ध । Essay on mahila hinsa

महिला हिंसाको बारेमा निबन्ध । Essay on mahila hinsa

महिला हिंसाको बारेमा निबन्ध १०० शब्दमा

महिला हिंसाको बारेमा निबन्ध १५० शब्दमा, महिला हिंसाको बारेमा निबन्ध २०० शब्दमा, महिला हिंसाको बारेमा निबन्ध २५० शब्दमा, महिला हिंसाको बारेमा निबन्ध ३०० शब्दमा, महिला हिंसाको बारेमा निबन्ध ५०० शब्दमा, recommended posts, post a comment.

Thanks for visit our site, please do not comment any spam link in comment box.

एक टिप्पणी भेजें

Contact form.

  • धर्म–संस्कृति
  • प्यारेन्टिङ
  • अन्तर्वार्ता

महिला हिंसा

essay on mahila hinsa in nepali language

यो पनि पढ्नुहोस्

essay on mahila hinsa in nepali language

पूजा प्राख्रिन बनीन् ‘मिसेस भोग नेपाल’

essay on mahila hinsa in nepali language

सिट्रस फलको हेरचाह

essay on mahila hinsa in nepali language

मासिक लाखौंको चप्पल बेच्ने सुष्मा

के हो महिला हिंसा ?

महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ। समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन्। नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भैरहेका छन्। पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन। देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्‍याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन। समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन्। पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ। महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ। महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर-व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने-गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भैरहेका छन्। त्यस्ता सबै कार्यलाई महिलाविरुद्धको हिंसा मानिएको छ।

महिला हिंसाको स्थिति

महिला हिंसाअन्तर्गत पनि अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन्, जसलाई घरेलु हिंसा भन्ने गरिएको छ। दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ। श्रीमान्ले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन्। त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन्। कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ। पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन्। कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ। बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन्। त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ। यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ। त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन्।

पीडितद्वारा उजुरी गर्ने क्रममा वृद्धि

सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन्। अझ घरेलु हिंसाविरुद्धको उजुरीमा महिलाहरूले ठूलो त्रास खेप्नुपर्ने स्थिति छ। त्यसैले समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ। यद्यपि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ। यस्ता घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालयका महिला सेल, महिला तथा मानव अधिकार संस्था आदिमा पीडितहरूले निवेदन दिने गरेको पाइन्छ भने सम्बन्धविच्छेदसम्बन्धी मुद्दा जिल्ला अदालतमा पेस हुने गरेका छन्। ती सबै निकायमा अघिल्लो वर्षको तुलनामा हरेक वर्ष महिला हिंसाविरुद्धका उजुरीहरू बढ्दै गएको पाइए पनि उजुरी लिने निकाय धेरै भएकाले हरेक वर्ष कति उजुरी पर्छन् भन्ने यकिन तथ्यांक बाहिर आउन सकेको छैन। उजुरी प्रक्रियालाई अघि बढाउँदा पीडितहरूले न्याय पाउन थालेका उदाहरण पनि देखिएका छन् तर उजुरी गर्ने सबै पीडित न्यायको सुनिश्चितता भने अझै हुन सकेको छैन। कानुन बनाइए पनि त्यसलाई क्रियाशील गराउन आवश्यक पर्ने नियमावली, निर्देशिकालगायत अन्य संरचना निर्माण नहुनुले कानुनी प्रावधानहरू केवल कागजमा मात्र सीमित छन्। उजुरीका आधारमा पक्राउ परेका पीडकहरू जमानत, धरौटी आदिमा छुट्ने गरेको र समय क्रममा सजायबाट उन्मुक्ति पाउँदै गएको अवस्था पनि छ। यसका साथै कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्तिहरूको पुरुषप्रधान सोचका कारण पनि महिलाका मुद्दालाई त्यति महत्त्वका साथ हेरिएको पाइँदैन।

-  उषा थपलिया

essay on mahila hinsa in nepali language

जबर्जस्ती करणीसम्बन्धी कानुनी प्रावधान

essay on mahila hinsa in nepali language

‘आइएम परफेक्ट’

essay on mahila hinsa in nepali language

गुन्युचोली ः नचाहिदो तडकभडक

हाम्रो सिफारिस.

essay on mahila hinsa in nepali language

सर्वाधिक लोकप्रिय

essay on mahila hinsa in nepali language

बुनेर आत्मनिर्भर बनेकी निकिता

essay on mahila hinsa in nepali language

आईसी डिजाइनर रनवे (फोटोफिचर)

essay on mahila hinsa in nepali language

Subscribe to our email newsletter

By signing up, you agree to our User agreement & Privacy Policy .

महिलालाई  सफल बनाउने गुण

essay on mahila hinsa in nepali language

आममहिलालाई लक्षित गरी महिलाको विषयवस्तु सम्बन्धित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा नारी मासिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले महिलाका विविध आयामलार्ई समेट्दै आएको छ ।महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।

  • Advertise with us
  • Privacy Policy

Stay connected

Our sister concerns.

  • Kantipur TV
  • Kathmandu Post
  • Kantipur Radio

Have you checked this month's edition?

 alt=

  • आजको ई-पेपर

essay on mahila hinsa in nepali language

  • आर्थिक/बजार
  • नयाँ समाचार
  • मनोरञ्जन/ग्लामोर
  • कला / साहित्य
  • विचार र लेख
  • फोटो ग्यालरी
  • विज्ञापन – पत्रिका
  • विज्ञापन दर / रेट
  • वार्षिक ग्राहक
  • ग्राहक शुल्क
  • सल्लाह सुझाव
  • हाम्रो बारे

यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।

महिला हिंसा : कारण र न्यूनीकरण

हिंसा भनेको एक व्यक्तिले अको व्यक्तिलाई दिइने याता, पीडा, दु:ख र अपमान हो। यो शरीरिक, मानसिक, आर्थिक, यौन जन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ। शारीरिक रुपमा कुटपिट गर्ने, चोटपटक लाग्ने, यातना दिने, मानसिक रुपमा अपमान, गाली गलौज गर्ने, डर धम्की देखाउने, त्राशपूर्ण व्यवहार गर्ने पशुवत व्यवहारहरु गर्ने, हतोत्साहित गर्ने, जिस्क्याउने, गैर कानूनी रुपमा नजरवन्द वा थुनामा राख्ने जस्ता कार्यहरु हिंसाका रुपहरु हुन्। त्यस्तै यसका साथै यौनजन्य प्रकृतिका दुर्र्व्यवहार, वैवाहिक बलात्कार, बलात्कार, चेलिबेटी बेचविखन जवरजस्त यौन व्यवसायमा संलग्न गराउने, छाउपडी, देउकी ,वादी, झूमा राख्ने, यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरु पनि हिंसाजन्य क्रियाकलापहरु हुन्।

आर्थिक स्रोत साधनका पहुँचबाट बञ्चित गर्ने घरबाट निकाला गर्ने आत्मसम्मानमा चोट पुर्‍याउने जस्ता क्रियाकलापलाई अपमान यातना वा पीडा भन्न सकिन्छ। नेपालको संविधानमा महिलाहरु सम्बन्धी व्यवस्था गरिएको छ, जस अन्तरगत महिला भएकै कारण कुनै किसिमको भेदभाव गरिने छैन, प्रत्येक महिलाहरुलाई स्वाभिमानी भई, स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकार उल्लेख गरिएको छ। त्यस्तै कुनै पनि महिला विरुद्ध शारीरिक, मानसिक, यौनजन्य अन्य हिंसाजन्य कार्यहरु गरिने छैनन्। त्यस्ता कार्यहरु भएमा कानूनद्वारा दण्डनीय हुनेछन् ।

प्रत्येक महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी हक अधिकार हुनेछ भनी उल्लेख गरिएतापनि महिला माथि हुने हिंसा बढीनै रहेका छन्। महिला हिंसा सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार बनाइएको सदस्य राष्ट्रको हैसितमा बनाइएको कनून भएतापनि कानून कार्यान्वयन प्रकृया ज्यादै फितलो छ। समय समयमा आउने महिला हिंसा र अपराधमा शून्य सहनशीलता, घर शान्ति नै विश्वशान्तिको आधार महिला हिंसा विरुद्धका अभियान केही मात्रामा भईरहेतापनि व्यवहारिकतामा खासै परिवर्तन आएको देखिदैन।

नेपालमा महिला हिंसाको अवस्था

नेपालमा महिला माथि अन्याय परापूर्व काल देखि नै हुँदै आएको पाइन्छ। हाम्रो धर्म संस्कृति रितीरिवाज सामाजिक विधि व्यवहारमा पनि महिलाहरुलाई पछाडि नै पारेको देखिन्छ। पितृसत्तात्मक सोचका कारण घरपरिवार अधिकारबाट नै महिला भन्नासाथ नकारात्मक दृष्टिकोणले हेर्ने चलन छँदै छ। आर्थिक पहुँचमा, शिक्षा रोजगार र चेतनामा पछि परेका कारण महिलाहरु हेपिँदै आएका छन्।

आज देशमा आएको परिवर्तन संचार जगतको बढ्दो विकास, विश्वव्यापीकरण कानूनी  संरक्षणका प्रयासहरु भएको देखिएता पनि महिलाहरुप्रति गरिने व्यवहार र सोचमा परिवर्तन आएको देखिँदैन। चाहे अधिकारकर्मी होस् वा राजनैतिक कार्यकर्ता जुनसुकै ठाउँमा रहेतापनि महिलाहरु कुनै न कुनै हिंसा खप्न बाध्य बनिरहेका छन्। जवसम्म महिलाहरुलाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गरिने व्यवहारमा सकारात्मक परिवर्तन आउँदैन तवसम्म यस्ता घटनाहरुबाट महिलाहरु पीडित भइ नै रहेका हुन्छन्।

हाल भइरहेका हिंसामा प्रमुख स्थान घरेलु हिंसाले लिएको छ। त्यसपछि महिलाहरु यौनजन्य हिंसामा परेको पाइन्छ। हिंसाको सर्न्दर्भमा गरिएका सवेक्षणको आधारमा महिलाहरु अफ्नै श्रीमानबाट ८० प्रतिशत र अन्य परिवारका सदस्य एवम् व्यक्तिहरुबाट करीव २० प्रतिशत महिलाहरु पीडित भएको बताइएकको छ। समग्रमा नेपालमा प्रजनन उमेरका ४ जनामा १ जना महिला कुनै न कुनै हिंसामा परेको तथ्याङ्कहरुमा उल्लेख गरिएका छन्। अझ बाहिर नआएका र मानसिक हिंसाबाट पीडितको संख्या यस भन्दा बढी छ भनी सजिलै अनुमान गर्न सकिन्छ।

त्यस्तै प्रत्येक वर्ष पाँचहजार भन्दा बढी महिलाहरु वेश्यालयमा बेचिने अनुमान छ। दैनिक जसो बलात्कार यौन दुराचारका घटनाका समाचार आइनै रहेका छन्। बालविवाह, बहुविवाह गैह्रकानूनी भनिएतापनि यसमा कमी आउन सकेको छैन। अन्तरजातीय, अनमेल विवाहमा झन बढी हिंसा हत्या र सम्बन्ध विच्छेद हुने गरेको छ। हिंसा महिला भएकै कारण, महिला बाट नै बढी हुने गरेको पाइन्छ। चाहे छाउपडी जस्तो सामाजिक कुरीतिका कारण होस् वा यौन जन्य, आर्थिक सामाजिक विभेद र असन्तुष्टि होस, कुटपिट, शारीरिक, मानसिक यातना एसिड खन्याएर होस वा बोक्सीको आरोपमा गरिएका अपमानजनक अभद्र, अमानवीय व्यवहार होस वा ज्यूदै जलाउने, अंग भंग गर्ने, मार्ने सम्मका घृणित कार्य भई नै रहेको अवस्थाहरु छन्।

विश्वमा कोही महिलाहरु पनि हिंसाजन्य कार्यमा नपरुन भनि विश्वव्यापी रुपमा हिंसा विरोधी अभियान संचालन भइ रहेका छन्। सचेतना मूलक कार्यक्रमहरु संचालन भई रहेतापनि हिंसाजन्य क्रियाकलापमा कमी आउन सकेको देखिदैन। यस्ता घटनाहरु बढ्दै जानुमा बढ्दो मानव अधिकार उल्लङ्घन, राजनीति र अर्थमुखी प्रशासन, अनुशासन हीनता, निरीह भ्रष्ट सरकार, भड्किलो मनोरञ्जनमुखी जीवनशैली, पाश्चात्य अर्धनग्न यौन उत्तेजक फेसन, बढ्दो विलासीता, बेरोजगारी आदि पर्दछन।

हिंसा बढ्दै जानुको मुख्य कारण :

महिला हिंसा बढ्दै जानुको मुख्य कारण अराजक स्थिति, शिक्षा चेतनाको अभाव, कमजोर सरकारीतन्त्र मदिराजन्य पदार्थको खुल्ला विक्री वितरण र प्रयोग विज्ञापन सर्कस आदिमा महिलाहरुको अर्धनग्न प्रदर्शन, विभिन्न संचारका माध्यमहरु यू ट्युव, गीत सामाजिक सञ्जालहरुमा आएका विकृतिहरु, पारीवारिक वेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातीय विवाह का कारण विचार भावना संस्कृतिमा मिलन नहुनु र रुप सौर्न्दर्य र धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरु बढी रहेका छन्।

नेपाली महिलाहरुको हिंसा सहने वानी, पारिवारिक, सामाजिक डरले दूषित क्रियाकलापहरु बाहिर निस्कन नसक्दा हिंसात्मक कार्यहरु अझ बढ्दै गएका छन्। नेपाली समाजमा पुरुषहरु सधै उच्च स्थानमा रहने र महिलाहरुको परिश्रम कामको संवेदनशीलता र प्रजनन स्वास्थ्यका उत्पादन मूलक भूमिका स्वीकार गर्न नसक्दा महिला यौन चाहना पूरा गराउने घरको काममा सहयोग गर्ने, निःशुल्क सहयोगीको रुपमा हेर्ने परम्परा कायम नै छ। विभिन्न प्रकारका पीडा सहन नसकी कानूनी बाटो रोज्दा पनि उचित समयमा उचित न्याय प्राप्त गर्न नसक्दा अको पीडा हुने र अपराधी अपराध गर्न झन उत्साहित हुने गरेको छ। वैदेीशक रोजगारमा जाने महिलाहरु पनि विभिन्न प्रकारका पीडा सहन बाध्य भएका र हिंसालाई सामान्य रुपमा लिने प्रचलनले हिंसा झन बढ्न गइरहेको छ। युवा रोजगारको व्यवस्था नहुनु र पुरुषहरु वैदेशिक रोजगारमा जाँदा घरमा महिलाहरु विभिन्न प्रकारका हिंसामा परेको अवस्थाहरु ज्यादै पीडादायक छन्।

महिला हिंसा न्यूनीकरणका उपायहरु

कुनै पनि हिंसात्मक क्रियाकलापले परिवार समाज र  विकामा प्रत्यक्ष असर पार्ने भएकोले हिंसा अन्त्यका लागि हामी सबै एकजुट हुनु आवश्यक छ। नेपाली समाजमा व्याप्त पुरुष मानसिकतामा सकारात्मक परिवर्तन हुनु पर्दछ। महिलाहरुको श्रम, विनयशीलता, शहनशीलता, लगनशील मेहनती गुणको कदर गरिनु पर्दछ। महिलाहरुलाई शिक्षा चेतना दिनुको साथै विद्यालय स्तरदेखि नै महिलामैत्री पाठ्यक्रम निर्माण गरिनु पर्दछ। देशमा कानून बनाएर मात्रै हुँदैन, कार्यान्वयन पक्ष बलियो हुनुपर्दछ। कानून सबैका लागि समान र भनसुन र पैसामा बिक्ने हुनु हुँदैन।

महिला हिंसा र अपमान गर्ने, यौन दुराचार गर्नेहरुलाई कडाभन्दा कडा सजायको व्यवस्था गरिनुपर्दछ। समाजमा प्रत्यक्ष असर पर्ने संचार माध्यमहरु, यू ट्युव, सामाजिक संजाल, गीत नाच आदि सेन्सर गरेर मात्र प्रदर्शन गर्न दिनुपर्दछ। समाजमा विकृति ल्याउने किसिमका  भिडियो, चलचित्रहरु प्रतिबन्ध गरिनुपर्दछ। आधुनिकताका नाममा पाश्चात्य मुलुकबाट भित्रिएको अर्धनग्न फेशन यौन व्यवहार आदि नियन्त्रण हुनुपर्दछ।

मदिराजन्य पदार्थहरु र लागुपदार्थ सेवनका कारण अधिकांश हिंसाजन्य घटनाहरु घटेको देखिएकोले यस्ता पदार्थ विरुद्ध जनचेतना फैलाउने र विक्री वितरणमा सरकारी निकायबाट नै प्रतिबन्ध गरिनु पर्दछ। सामाजिक, साँस्कृतिक धार्मिक अन्धविश्वासी परम्पराका कारण छाउपडी बोक्सी, झुमा, देउकी, वादी आदि भएर महिलाहरुले खपिरहनुपरेका यस्ता विकृति अन्त्य गरिनु आवश्यक छ।

वैदेशिक रोजगारको अन्त्य गरी देशमा रोजगारको व्यवस्था गर्ने, सरकारी नीति निर्माण तहमा महिला प्रतिनिधित्वको व्यवस्था गर्ने, प्रत्येक परिवारमा महिलाहरुलाई सम्मानजनक व्यवहार गर्न सिकाउने किसिमका नैतिक शिक्षा दिने र अनुशासन सिकाउने सकेमा यस्ता समस्याहरु कम गराउन सकिन्छ।

त्यसैले सरकारले हिंसा अन्त्यका लागि अनुशासित समाज निर्माण गराउनुपर्दछ भने प्रत्येक महिलाहरुले आफ्नो हक अधिकार र कर्तव्य के हो – कसरी हिंसा जन्य क्रियाकलापबाट जोगिन सकिन्छ भन्ने बारे शिक्षित, चेतनशील, सभ्य र अनुशासित हुनु आवश्यक छ। महिलाहरुल।इ सम्मान गर्न सिक्नुपर्छ , अब बन्ने नयाँ सरकारले हिंसा अन्त्यका लागि नयाँ वातावरण सृजना गर्न सकोस्।

Related News

सम्बन्धित समाचार.

Rishiram-Pandey

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा

essay on mahila hinsa in nepali language

राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ

essay on mahila hinsa in nepali language

पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

essay on mahila hinsa in nepali language

धार्मिक आस्था र आचरण

Shesraj

साँढे स्वास्नी   (हास्यव्यंग्य निबन्ध)

essay on mahila hinsa in nepali language

hero news full width

मुख्य समाचार.

कांग्रेस र एमालेको सरकार निर्माण हुनु जरुरी छ : नेता कोइराला   

Hospital Approve 1

पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति

Gandaki Cabinet building

गण्डकीको सत्ता राजनीति, राप्रपासँग चाबी, कांग्रेस अझै आशावादी

koirala land

न्युरोडको ५ रोपनी जग्गा कोइराला परिवारको पक्षमा उच्चको फैसला

Pradesh Pramukh Photo

गण्डकीका नयाँ सरकार गठनका लागि आह्वान, ७ दिनको अवधि

Pande rajinama

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

Recent Posts

shekhar koirala

जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस

lg

एलजीको नयाँ वर्ष उपहार योजना

Coop day and puraskar kosh

जिल्ला सहकारी संघमा रोयल पोखराको अक्षयकोष

projector handover

रत्नशोभालाई वडाले दियो प्रोजेक्टर

Majhathana

माझठानाका कृषकलाई तालिम

trending post

ट्रेन्डिङ्ग.

goat photo

कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…   

423716272_748610023916634_7649164937222904150_n

कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते

Tax News Main

कर सहयोगी संगठन कास्कीमा दिवाकरकुमार कर्ण निर्वाचित

Pokhara metro

पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध 

salyan acci

घुम्तीमा मोटरसाइकललाई जोगाउन खोज्दा जीप भिरमा खस्यो, २ जनाको निधन

cm pande

विश्वासको मत नलिइ राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री

Prithivi Highway Photo

वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

Partner News

अङ्ग्रेजीमा समाचार.

death-2-2-1-1-1-1-1-1-1-1 (1)

Six people dead in Palpa jeep accident

RambahadurThapa_Gandagi_RSS_05_DSC_3714

Dashain, Day-8: Astami observed today

SankarShrestha_Malekhu_RSS_05_IMG-c7b85e51bbb0d3f2d3ced1363cf69a14-V

20 houses destroyed by earthquake in Dhading

earthquake-gd8a2e6acb_1280

Dhading quake jolts various places

KuldeepNeupane_Damauli_RSS_04_DSC_1470

Fulpati observed today on 7th day of Dashain

bajar-anugaman-1 (1)

Meat shops in Pokhara faces music for selling rotten products

FB_IMG_1697714426928

Nepal defeats Hong Kong by six wickets in Triangular T20 Cricket Series

PALESTINIAN-ISRAEL-CONFLICT

At least 471 killed in Gaza hospital strike: Hamas health ministry

  • Website by Sanil.com.np
  • Advertisement Rate
  • Suggestions
  • Terms of Service
  • Privacy Policy

महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?

उषा पोखरेल केन्द्रीय सदस्य मानव अधिकार एलायन्स, राजविराज राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताकाआधारमागरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारणहोस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ ।आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाटमहिलाहरू वन्चित छन् ।

महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो । त्यसमापनि दाइजोप्रथाका कारण महिलामाथि अत्यधिक हिंसा हुने गर्दछ । तराईमा त परम्परा र लोकलाजका कारण धेरैजसोदाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिकतथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा दहेजका कारण हुने हिंसाका घटना बाहिर आउँदैनन् ।दाइजोको कारण परिवारबाट हिंसाको शिकार बन्नुपर्दा महिलाले ज्यानै गुमाएका घटनाहरू पनि बेला बखतमासार्वजनिक हुने गरेको छ । घर निकाला गरिनु, जीउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथामानसीक यातनाको शिकारबन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ । सन २०१० को शुरूको तीनमहिनामा सप्तरी जिल्लामा तीन जना महिलाको हत्या भयो । त्यसमध्ये दुई जना महिला त दाइजोकै कारणपतिद्वारा मारिएका छन् ।

आधुनिक विज्ञानको विकाशसँगै नयाँ पुस्तामा आएको सचेनताका कारण यसलाई थोरै चिर्न खोजिए पनिपरम्परागत मान्यता र अन्धविश्वासका कारण सदियौँदेखि जरा गाडेर रहेको बोक्सी प्रथा समाजमा अद्यावधिकायमै छ । बोक्सीको आरोपमा महिलामाथि हुने ज्यादतीका घटना मानवअधिकार आन्दोलनकालागि समेतचुनौती बन्ने गरेको छ ।

पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका नेपाली महिलाउपर हुनेज्यादतीकोक्रममा प्रयोग हुने शब्द हो बोक्सी । केही अपवाद बाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन । बोक्सीको आरोपलाग्ने हरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् । अझ एकल महिलाहरू यसको बढी शिकारहुन्छन् । अर्थात आर्थिक रूपले विपन्न त्यसमापनि एकलमहिलाहरू बोक्सीको आरोपमा प्रताडित हुने गरेको छन्। रूपले सुन्दर, पढेलेखेका, र सम्भ्रान्त परिवारका कुनैपनि महिलालाई बोक्सी भनिएको एउटा पनि उदाहरण छैन।

समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल बिबाह प्रथाको अन्त्यगरिनुपर्छ । त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कमगर्न सकन्छ ।

ललिता भट्टराई सम्पादक, फेवा साप्ताहिक, विराटनगर नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनिअधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमानलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार रअस्तित्ववाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् ।हिंसा घरैबाट उत्पन्न हुने गरेको छ। यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ । महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ । पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातनासहनु परेको उदाहरण थुप्रै भइसकेका छन् । बोक्सीको आरोप लगाएर घर निकाला गरेका घटना मोरङकामहिलाले सहने गरेका छन् । बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचविखन रओसारपसार, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन । हिंसाका विरूद्ध जवसम्मप्रभावकारी कानून लागू हुँदैन तबसम्म न्याय र मुक्ति मिल्दैन ।राज्यको संरचनाले नै महिलाहरूको सही रन्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउननसकेको हो ।

दोहोरो जिम्मेवारी बहन गर्ने महिलाको अधिकारलाई मानवअधिकारका रूपमा सुनिश्चित गर्न सकेहिंसा स्वतःनिर्मुल हुन्छ भन्न दुईमत छैन । महिलाले पनि आफुलाई साँघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । हजारौँ. वर्षौसामन्ती विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोचको दिमाग परिवर्तन गराउन महिलाहरू पनि एक हुनुजरूरी छ । नेपालको अन्तरिम संविधान २०६३ को मौलिक हक अर्न्तगत धारा २० ले महिलाको हकमा कुनैपनिमहिला विरूद्ध शारिरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्यकानूनद्वारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ ।

मञ्जिता उपाध्याय का.मु. जिल्ला संयोजक ओरेक नेपाल, मोरङ महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्वदेखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिलाभएकैकारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू रदुर्व्यवहारलाई बुझाउँछ ।

रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलतार शरीरमाथि अरूले नियन्त्रणगर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छ ।

मोरङ जिल्लामा देखिएका महिला हिंसाको स्वरूपहरूमा महिला माथि गरिने कुटपिट, मानसिक यातना, गालीगलौज, घरेलु हिंसा, जवरजस्ती करणी, बैवाहिक बलत्कार, एसिड खन्याउने, बोक्सीकोआरोपमा दुर्व्यवहार,बहुविवाह, वालविवाह, प्रेमको नाममा धोका, मानव बेचविखन तथा ओसारपसार, हाडनातामा करणी, वैदेशीकरोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन आदि देखिएको छ । जस्तैः बोक्सीकोआरोपमा महिलाहरूलाई गाउँ निकाला गर्नु , पारिवारिक रिसइवीको कारण ३ वर्षे बालिकादेखि ६५ वर्षे बृद्ध महिलासमेत बलात्कृत भएका छन् ।

ओरेक नेपालले सन् २०१० जनवरीदेखि मार्चसम्म गरेको एक अध्ययनमा पूर्वाञ्चलका सात जिल्लामा ७६ वटाघटना अभिलेख गरिएको छ । महिला हिंसाका घटना शहरको तुलनामा गाउँमा बढी भएका छन् । उमेरकोआधारमा हेर्दा ३ वर्षदेखि ६५ वर्षसम्मका महिलामाथि हिंसा भएको छ । पेशाको आधारमा हेर्दा घरभित्र काम गर्नेमहिला र मजदुर महिलामाथि हुने हिंसा बढी छ । हिंसाको कारणमा सामाजिक परम्पराको कारण सबैभन्दा बढीमहिला माथि हिंसा भएको पाइयो ।

महिलामाथि हुने हिंसा विवाहित महिलालाई भएको र महिलामाथि हुने हिंसा आफ्नै श्रीमानबाट हुने गरेको पाइयो। हाल महिलाहरूले आफूमाथि हुने हिंसालाई बाहिर ल्याउन थालेको अवस्था छ । तर कानून कार्यान्वयन गर्नेनिकाय र न्यायिक निकायमा हुने ढिलाई, सम्वेदनशीलताको कमी, प्रक्रियागत जटिलता, पीडितमुखीन्यायप्रणालीको अभाव र आर्थिक भार पीडितले नै व्यहोर्नुपर्ने आदि समस्याका कारण महिलामाथि हुने हिंसामान्याय नपाएको अवस्थाहरू रहेको छ ।

पार्वती पाण्डे कपिलवस्तु कपिलवस्तुमा महिलामाथि हुने हिंसाका घटना रोकिएका छैनन् । महिलाहरू धैरै प्रकारका हिंसाबाट ग्रसित छन्त्यसमा पनि अधिकांश महिलाहरू घरेलु हिंसाबाट प्रताडित बनेका छन् ।

महिलाहरू दाइजो कम ल्याएकै कारण घरपरिवार र श्रीमान्बाट अपहेलित हुने, कुटपिट र यातनाको शिकार हुनेगरेका छन् । दाइजो कम ल्याएकै कारण घरबाट निकालिनुपर्ने, परिवारका सदस्य मिलेर हत्या गर्ने समेतकाघटना हुने गरेका छन् । पहिलो श्रीमतीलाई विवाह दर्ता र नागरिकता नबनाइ दिँदा उनीहरू सम्पति पाउनबाटवञ्चित भएका छन् । प्रहरी महिला सेल कपिलवस्तुका अनुसार घरेलु हिंसाका ९० प्रतिशत घटना सार्वजनिकहुँदैनन् । घरेलु हिंसाका १० प्रतिशत घटनाहरू मात्र प्रहरी प्रशासनमा आउने तर ती निकायमा राजनीतिक प्रभावपारेर वास्तविक पीडितले न्याय नपाउने अवस्था रहेको महिला हिंसाविरूद्ध कार्यरत साथी संस्थाले जनाएको छ ।

अधिकारकर्मी महिलाहरूले पीडित महिलालाई न्यायका लागि सम्बन्धित निकायमा पुर्‍याउन नपाउँदै कुनै न कुनैराजनीतिक दलका कार्यकर्ताको दवाव प्रहरी प्रशासनमा पुगीसक्ने भएकाले पीडित महिलाहरूको न्याय नहुनेउनीहरूको गुनासो छ । महिलाहरूमा कानुनी ज्ञान नभएका कारण उनीहरू पीडा लुकाएर बस्न बाध्य छन् ।महिला हिंसाका घटनामा राजनीतिक दलहरूले पीडकको संरक्षण नगर्ने र प्रहरी प्रशासनले निष्पक्ष भई काम गर्नेहोभने पीडितले न्याय पाउन सक्ने अवस्था छ ।

बिना सिलवाल महिला मानवअधिकारकर्मी, कास्की हाम्रो जस्तो आर्थिक समाजिक पछौटेपनले ग्रसित पितृसत्तात्मक समाजमा महिलाहरूको अवस्थाको बारेमा कुरागर्दा जहिले पनि महिला हिंसा जोडिएर आउने गर्दछ । पहाडदेखि तराईसम्म, उच्च घरानियादेखि सुकुम्बासीझुपडीसम्म र राजनेतादेखि मतदातासम्म जहाँसुकै, जोसुकै बाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाकोजोखिममा महिलाहरू बांचिरहेका छन् ।

छोरी वा छोरा भएर जन्मिएकै कारण जन्मँदा नै प्राकृतिक उपहारको रूपमा लिएर आएका केही कुराहरू छन् जुनचाहेर पनि परिवर्तन गर्न सकिँदैन र यस सृष्टिको नियमलाई निरन्तरता दिनका लागि परिवर्तन गर्न हुँदैन पनि ।यसलाई हामी प्राकृतिक लिङ्ग भन्दछौँ । जुन कुराहरू प्रकृतिद्वारा निर्धारित, अपरिवर्तनीय र सर्वव्यापक हुन्छन् ।त्यसरी आमाको कोखमा गर्भ धारण गरेदेखि नै छोरा वा छोरी भएर गर्भधारण गरेको वा जन्मिएको कारणजन्मदाता, परिवार र समाजले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार फरक हुनुका साथै फरक फरक सामाजिक जिम्मेवारीबहन गर्नुपर्ने हुन्छ । जुन कुरा सामाजिकीकरणको प्रक्रियाले निर्धारण गर्दछ ।

महिला हिंसासँग जहिले पनि सामाजिक लिङ्ग जोडिएर आउने गर्दछ । जहाँ समाजले निर्धारण गरेकोमूल्यमान्यता, रीतिरिवाज, चालचलन, धर्म संस्कृति र संस्कारलाई व्यवहारमा उतार्ने क्रममा पितृसत्तात्मकसमाजमा सामाजिकीकरण भएका पुरूषहरू र पितृसत्तात्मक सोचले ग्रस्त केही महिलाहरूले महिलालाई प्राकृतिकलिङ्गको रूपमा हेरेर समाजको समान नागरिकको रूपमा व्यवहार नगर्दा हिंसा निम्तने गर्दछ । बिभिन्नअध्ययनहरूले देखाएअनुसार हरेक पाँच महिलामध्ये कम्तीमा दुई जना कुनै न कुनै प्रकारको हिंसाको मारमापरेका हुन्छन् । विकासोन्मुख देशहरूमा असाध्यै प्रकारका महिला हिंसा हुने गरेको भएतापनि केवल कुटपिट, तथाबलात्कारलाई मात्र हिंसाको रूपमा हेरिने गरिन्छ । नेपाली समाजलाई विश्लेषण गरेर हेर्ने हो भने प्रशस्तै मात्रामाशारीरिक, मानसिक संवेगात्मक, आर्थिक र यौनजन्य हिंसा हुने गरेको छ । पुरूषहरू आफैँले वा पितृसत्तात्मकसोचको शिकार भएका केही महिलाहरूले महिलाहरूलाई हेला गर्ने/हेप्ने, कुटपिट गर्ने, जोखिमपूर्ण काममा लगाउने,एक्लै हिँडडुल गर्न नदिने, पोषणयुक्त र पेटभरी खान नदिने, तिरस्कार गर्ने, बेइज्जत गर्ने, बेवास्ता गर्ने जस्ताव्यवहारका कारण महिलाहरू शारीरिक मानसिक र संवेगात्मकरूपमा कमजोर हुने गरेका छन् । समाजले पनिसम्पति माथिको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति जस्ता महत्वपूर्ण तहमा महिलामाथि भेदभावगर्नाले पनि महिला माथि हुने हिंसाका घटनाले प्रश्रय पाएको कुरा हामी सबैको सामु र्छलङ्ग छ । महिला माथिहुने यस्ता प्रकारका हिंसाहरूका कारण महिलाहरूको आत्मबल कमजोर हुन गई सामाजिक इज्जत प्रतिष्ठाको डरमानेर घर परिवार समाज, कार्य क्षेत्र र राज्य तहमा हुने गरेका सबै प्रकारका हिंसालाई मौनरूपमा स्वीकार्न वाध्यछन् भने राज्य स्तरमा भएका कानुन सर्वसाधारणको पहुँच भन्दा बाहिर रहनाले पनि महिला हिंसालाई प्रश्रयपुगेको छ ।

मैमुना सिद्धिकी कार्यवाहक अध्यक्ष फातिमा फाउण्डेशन नेपाल, बाँके महिला भएकै कारणले महिला माथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा वौद्धिक शोषण,दमन, यातना रदुर्व्यवहारहरूलाई महिलामाथि हुने हिंसा भनिन्छ । जस अन्तर्गत सम्बन्ध विच्छेद, बहुविवाह, बालविवाह, दाइजोप्रथा, कुटपिट, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जवरजस्तीकरणी, आदि जस्ता थुप्रैप्रकारका हिंसाका घटनाका कारण विशेषतः मुस्लिम समुदायका महिलाहरू प्रताडित भइरहेका छन् । पहाडीसमुदायमा भन्दा बढी मधेसी समुदायका महिलाहरू घरेलु हिंसाबाट प्रताडित भएका छन् । किनभने मधेसीसमुदायका महिलाहरू अहिले पनि घुम्टोमा बस्नुपर्ने अवस्थामा छन् । स्वतन्त्ररूपमा हिँडडुल गर्नु, मनमा लागेकोकुरा बोल्न र शिक्षा आर्जन गर्ने कुराबाटै उनीहरू वन्चित छन् । मधेसी महिला भित्र पनि मुस्लिम महिलालाईअझ बढी घुम्टोमा बस्न बाध्य पारिन्छ ।

दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, कुटपिट, घरनिकाला, मानसिक र शारीरिक यातना दिने र बहुविवाहगर्ने जस्ता विकृति समाजमा बढ्दो क्रममा छन् । मुस्लिम समुदायमा श्रीमानलाई कुनै कुरा मन परेन भनेतुरून्त तलाक तलाक तलाक भने पछि श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद हुन्छ । अहिले पनि हाम्रो समाजमायस्ता घटनाहरू थुप्रै घटेका छन् । जनचेतना र शिक्षाको कमीका कारण विद्यमान कानुनहरूका बारेमा जानकारीनहुँदा थुप्रै विषयहरू अदालतसम्म नपुगेको अवस्था छ ।

महिला हिंसाको मूलकारण पितृसतात्मक वा पुरूष प्रधान सामाजिक संरचना हो । महिला माथि गरिने दुर्व्यवहारवा यातनालाई समाजले पुरूषको अधिकार र महिलाहरूको दैनिकीको रूपमा स्वीकारेको छ । आर्थिक, सामाजिक,शैक्षिक र राजनीतिक क्षेत्रमा पहुँच नभएकाले उनीहरूले आफू माथिको हिंसालाई प्रतिकार गर्न नसकी सहेरबस्नुको विकल्प नभएको ठान्दै दैनिकी हिंसाको चपेटामा पर्दै आएका छन् ।

महिला माथिको हिंसा मानवअधिकारको चरम उल्लङ्घन भएको कुरा विश्वले स्वीकार्दै आएको छ । यसै अनुरूपविभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको निर्माण र सन्धि, महासन्धिहरू, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूर घोषणपत्र जारी गरिएको भएतापनि प्रभावकारी कार्यान्वयन नहुनुले महिला हिंसा अन्त्य हुन सकेको छैन ।महिला विरूद्ध हुने हिंसालाई अन्त्य गर्न बनेका कानूनहरू कार्यान्वयन हुनुपर्छ ।

धना जि.सी.(शाही) अध्यक्ष महिला पैरवी मञ्च सुर्खेत महिलाले पनि पुरूष सरहका अधिकारहरू पाउनु र पाएको महसुस गरी स्वतन्त्रतापूर्वक बाँच्न पाउनु महिलामानवअधिकार हो । नेपालको सन्दर्भमा महिला र पुरूषका अधिकार समान छैनन् । महिलाहरूले पुरूष सरहकोसमान अधिकार प्राप्त गरेको अनुभूति गरेका छन् । महिला र पुरूषमा रहेको असमान शक्ति संरचना,पितृसत्तात्मक सोचमा परिवर्तन नहुनु, राज्यका विभेदकारी कानूनहरू, सामाजिक कुसंस्कार र कुरीतिहरू,कुप्रथाहरू, बनेका कानूनहरू पनि व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयनको अभावका नहुँदा महिला रपुरूषकाबीचमा असमान खाडल रहेको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रको सदरमुकाम सुर्खेत, सुगम जिल्लाका रूपमा चिनिए पनि यहाँका महिलाहरूको अवस्थापुरूष समान छैन । महिलाहरूको आर्थिक, शैक्षिक, सामाजिक कार्यहरूमा, अर्थोपार्जनका काममा, निर्णय प्रक्रियामापहुँच र नियन्त्रण छैन । महिलाहरूलाई सधैँ पैसा नआउने काममा लगाउनु, पुरूषका सेवक, दासी र अन्याय सहेरबस्नुपर्ने संस्कारमा कुण्ठित भएर बाँच्न बाध्य छन् । यस्तो जघन्य अपराधलाई नचाहेर पनि सहेर बस्नबाध्यछन् किनभने यी घटनालाई बाहिर ल्याए भने घर, परिवार, सन्तान छोडेर जाने डर र सम्बन्ध विच्छेदकोधम्की र पुरूष बिना बाँच्ने आधार हुंदैन भन्ने सोचाई समाजमा विद्यमान छ ।

घरेलु हिंसा सम्बन्धी कानून बनेको एक वर्षपुगेपनि सुर्खेतमा एउटा पनि घटना दर्ता भएको छैन । यसको मतलवयहाँ घटना भने नभएका होइनन् । महिलाहरू हरेक दिन घरेलु हिंसाका घटनाबाट प्रताडित भएका छन् । घर भित्रत यस्ता घटनाहरू दैनिक हुने र महिलाहरूले आफ्नो, परिवारको इज्जतका लागि सधैँ लुकाएर र सहेर बस्नुपरेकोअवस्था छ ।

महिलाहरूलाई अधिकार सम्पन्न बनाउन समाजमा रहेका कुरीतिहरूमा परिवर्तन गर्नुपर्छ । राज्यका विभेदकारीकानूनमा परिवर्तन गरिनुपर्छ । बनेका कानूनहरूको स्थानीय स्तरमा रहेका महिलाहरूलाई जानकारी र सचेतनाजगाउनुका साथै व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिनुपर्छ साथै महिला र पुरूषमा भएको असमान सामाजिकशक्ति संरचनामा परिवर्तन गर्दै पितृसत्तात्मक सोचको परिवर्तन गरिए मात्र महिलाहरू अधिकार सम्पन्न हुनसक्छन् ।

साबित्री शर्मा कलैया नपा-८ महिला मानवअधिकारकर्मी सदस्य जिल्ला पारालिगल कमिटी, बारा बारा जिल्लामा मानव अधिकारको अवस्था केही वर्षअघिको तुलनामा एकदमै खस्किएको छ । अपराधिकक्रियाकलापहरू बढ्दै गएका छन् । तराईमा महिलाहरू माथि हुने घरेलु हिंसाका घटना एकदमै बढेका छन्। अधिकांश घटनाहरू सार्वजनिक हुन नदिने, भइहाले पनि गाउँमै मिलापत्र गराउने, कानूनी कारबाहीको प्रक्रियाअगाडि बढ्न नदिन सामाजिक दवाव दिने गरेका कारण थोरै घटना मात्र सार्वजनिक हुन्छन् ।

महिलाहरूको सानो उमेरमा नै विवाह हुनु, अशिक्षित हुनु, आर्थिक स्थिति कमजोर हुनु, दण्डहीनता बढ्नुजस्ताकारणले तराईमा महिला हिँसाका घटनाहरू बढेको मैले महसुस छु ।

महिलालाई अझै सम्म पुरूषहरूले घरको काम गर्ने र छोराछोरी पाउने मेसिनको रूपमा हेरिने प्रवृतीमा परिवर्तनगर्न नसक्नु अर्को कमजोरी पक्ष हो ।

गाउँमा अझै पनि छोरीलाई पढाउने चलन छैन । अशिक्षाको कारण सानै उमेरमा आमा बन्नुपर्ने र रोगी हुनुपर्नेवाध्यता छ ।

माइतीपक्षको आर्थिक स्थिति कमजोर भएका महिलाहरू झनै पीडित हुन्छन् ।

पति भन्दा पनि सासू, ससुरा, नन्द आमाजुबाट दाइजो कम ल्याएको कारण दैनिक प्रताडित हुनुपर्छ । दाइजोकम ल्याएको भनी महिलाको हत्यासमेत हुने गरेको छ ।

कमजोर आर्थिक अवस्था भएको परिवारकी महिलालाई कुटपिट गरी घरबाट निकाल्नै र पुनः बढी दाइजो ल्याउनेपत्नी ल्याउने होडबाजी जस्तो चलेको पाइन्छ ।

सुलेखा रोक्का जलेश्वर-२, महिला अधिकारकर्मी महोत्तरी जिल्लामा महिला साक्षरता प्रतिशत कम छ । महिला हिंसाका घटनाहरूले यहाँका महिलाहरू आक्रान्तछन् । खासगरी मुस्लिम समुदायमा प्रचलनमा रहेका 'तलाक' प्रथाले यहाँका महिलाहरू पिल्सिएका छन् । तलाकपीडित मुस्लिम महिलाहरूले अदालतबाट न्याय नपाउँदा अझ पीडित हुनु परेको छ । अदालतले अंश पाउनेफैसला गरेपनि आफूखुसी तलाक दिएका पतिले अंश दिनु त परको कुरा बारम्बार उनै पतिबाट कुटपिट सहनुपरेको छ ।

धर्मपुर गाविस-५ की १८ वर्षीय अनिता साहले दाइजोमा बक्स पलङ ल्याउन नसक्दा पति र सासू, ससुराकोकुटपिटबाट मारिनु परेको घटना ताजै छ । बर्दिवास गाविस-३ की एक तीन वर्षीय बालिका ४५ वर्षीय वेचुगुर्मछानेबाट वलात्कृत भएको घटना अदालतमा विचाराधीन छ । त्यस्तै माइस्थान गाविस-१ की १२ वर्षीयबालिकाले २१ वर्षीय बलवहादुर महतबाट बलात्कृत हुनु परेको छ ।

यी प्रतिनिधि घटना हुन् । पत्नीलाई, बुहारीलाई कुटपिट गर्नु, देवरले भाउजुलाई बलात्कार गर्न खोज्नु सामान्यघटना मानिन्छ यहाँको समाजमा । महिला हिंसाका कतिपय जघन्य घटना त छिमेकीका घरमा चर्चा मात्र पाएरसकिन्छ । लोकलाजका कारण ती सार्वजनिक हुँदैनन ।

महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै दाषीदेख्ने सामाजिक परिवेश छ । आँट गरेर सार्वजनिक गरिएका घटनामा महिलाका लागि पैरवी गरिदिने महिलाकानून व्यवसायी छैनन् । जसका कारण महिलाहरूका विशेष प्रकारका पीडा पुरुष कानुन व्यवसायीलाई सुनाउनवा अदालतमा जवाफ दिन नसक्ने भएका कारण पनि महिला सम्बन्धी घटनाहरूको पछिसम्म अनुगमन हुनसक्दैन । यसले पनि पीडकलाई फाइदा नै पुर्‍याएको छ ।

महिला हिंसाका सम्बन्धमा अनुसन्धान गर्ने दक्ष महिला प्रहरी, महिला कानुन व्यवसायी, अदालतमा गोप्यइजलास र महिला न्यायाधिश नहँदासम्म महिलाले जतिसुकै हिम्मत गरेर आफ्नो पीडा सार्वजनिक गरेपनि उल्टोझन पीडित हुने स्थिति कायम रहन्छ । हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचको अधिकार र विवाहित महिलाकोपनि पैत्रिक सम्पत्तिमा अधिकारको सुनिश्चितता नभएसम्म महिला विरूद्धको हिंसा मुक्त समाजको कल्पना गर्नसकिँदैन भन्ने मेरो अनुभव छ ।

देवकी नेपाल संयोजक महिला सुरक्षा दवाव समुह, रौतहट यहाँको समाज परम्परागत कुसंस्कारले जकडिएको छ । केही व्यक्तिहरूको राजनीतिक, आर्थिक तथा सामाजिकस्तर उठेको भएपनि दाइजो प्रथा, बालविवाह, कुटपिट, चेलिबटी बेचबिखन, बोक्सीको आरोप जस्तो जघन्यअपराध दिनानुदिन बढ्दै गएको देखिन्छ । यस जिल्लामा सबैभन्दा बढी घटना बोक्सीको आरोपमा मलमुत्रखुवाउने, दाइजो नल्याएको कारण तेजाव, मट्टतिेल खन्याएर आगो लगाइदिने, बालविवाह, चोरी तस्करी जस्ताघटनाहरू भएका छन् ।

महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि विभिन्न सङ्घ संस्थाहरू, जनचेतना जगाउने,अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने र घटनाहरूलाई सार्वजनिक गर्ने कार्यहरू गरिरहेका छन् ।

महिला अधिकारका पक्षमा काम गर्ने अधिकारकर्मीहरूलाई ज्यानमार्ने धम्की, छोराछोरीलाई अपहरण गर्ने धम्कीदिने, घरमा बम पड्काइदिन्छु भन्ने धम्की आउने गरेका छन् ।

सम्बन्धित जनमतहरु

चुनौतीलाई छिचोल्दै न्याय निरूपणमा सक्रिय.

संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को…

सरकारले स्पष्ट कार्ययोजना बनाएर बाँकी रहेका काम अगाडि बढाउनुपर्छ

तत्कालीन माओवादी र सरकारकबिच २०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १७ वर्ष भइसक्दा समेत पीडितका सरोकार उस्तै रहेका छन् । विस्तृत शान्ति सम्झौतामार्फत ०६३…

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम  गरेका छौँ

सङ्घीय गणतन्त्रको शासकीय संरचनापछि मुलुकमा दुईपटक स्थानीय तहको निर्वाचन भयो । २०७४ सालमा तीन चरणमा र २०७९ सालमा एकै चरणमा मुलुकभरका ७ सय ५३ ओटा स्थानीय तहमा निर्वाचन भयो ।…

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री हुनुपर्छ

पुर्णिमाया लामा, द्वन्द्वपीडित बृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय सम्म पनि द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् । सरकारले संसदमा टेबल गरेको विधेयकमा जघन्य अपराधका घटनाहरुमा…

निर्वाचनको समयमा दलित समुदायलाई प्रयोग गर्ने र निर्वाचनपछि बिर्सिने प्रवृत्तिको अन्त्य हुनुपर्छ

सन्दर्भ प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ आगामी मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा दल तथा तीनका उम्मेदवारहरू घरदैलो अभियानमा निस्किएका छन् । एका…

essay on mahila hinsa in nepali language

रेडियो कार्यक्रम

HRE-Program_for-website2

यो महिनाको प्रतिनिधि

Jagatdan Janala BK

जगतदल जनला बिक

सुर्खेत जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका बिक २०८० फागुन महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । बिक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका साथै मानव अधिकारका समसामयिक सवालमा कलम चलाउनु हुन्छ ।

essay on mahila hinsa in nepali language

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

इन्सेक अनलाइन नागार्जुन नपा-१०, स्यूचाटार, कलङ्की, काठमाडौँ, नेपाल +९७७-१-५२१८७७० एक्सः १३५/१३३ [email protected]

सामाजिक सञ्जाल

  फेसबुकमा लाइक गर्नुहोस

ट्वीटरमा फलो गर्नुहोस

युट्युबमा सब्स्क्राइब गर्नुहोस

प्रधान सम्पादक : मदन पौडेल सम्पादक : रमेशप्रसाद तिमल्सिना प्रदेश सम्पादकहरू : पुण्यप्रसाद अधिकारी (कोशी प्रदेश ) मोहनकुमार चौधरी (मधेस प्रदेश) विनोद पाण्डे (बागमती प्रदेश) रेनुका बिक (गण्डकी प्रदेश) सोम नेपाली (लुम्बिनी प्रदेश) पुरनप्रसाद चौधरी (कर्णाली प्रदेश) कृष्णबहादुर विश्वकर्मा (सुदूरपश्चिम प्रदेश) जिल्ला प्रतिनिधिहरू

essay on mahila hinsa in nepali language

  • Vision/Mission
  • Executive Committee
  • Strategic Plan
  • Social Audit
  • Annual Report
  • Research/Study
  • National Advocacy
  • International Advocacy
  • Legal Helpline
  • Capacity Development
  • Information Dissemination
  • Legal Identity
  • Gender Based Violence
  • Human Trafficking
  • Economic and Social Rights
  • Sexual and Reproductive Health Right
  • Disaster – Right Based Approach
  • Access to Justice
  • Our Alliances
  • Child Rights
  • News & Events
  • Publications
  • Photo Gallery
  • Video Gallery
  • Infographics

< Back to Publications

घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ सम्बन्धी जानकारी पत्र.

Download: घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ सम्बन्धी जानकारी पत्र

Other Related Publications

Un cedaw committee’s list of issues and questions in relation to the seventh periodic report of nepal.

essay on mahila hinsa in nepali language

नागरिकताका सम्बन्धमा न्यायालयहरुबाट भएका फैसलाहरुको संगालो

essay on mahila hinsa in nepali language

Civil Society’s Submission for ‘List of Issues’ on 7th Periodic Report of Nepal

essay on mahila hinsa in nepali language

प्रजनन स्वास्थ्य अधिकार जानकारी पत्र

essay on mahila hinsa in nepali language

विपद् सम्बन्धी कानुन, नीति, रणनीति र कार्ययोजनाहरुको संगालो

essay on mahila hinsa in nepali language

महिलाका लागि भएका विशेष व्यवस्था र यसको विश्लेषण

essay on mahila hinsa in nepali language

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा संशोधनको आवश्यकता

essay on mahila hinsa in nepali language

लैङ्गिक हिंसाविरुद्धका कानुनहरुको सङ्गालो

essay on mahila hinsa in nepali language

कानुनी पहिचान (जन्म्दर्ता र नागरिकता) सम्बन्धी जानकारी पत्र

essay on mahila hinsa in nepali language

बालबालिकाको जन्मदर्ताको अधिकारः विद्यमान कानुनी व्यवस्था र सुधार गर्नुपर्ने क्षेत्रहरु

essay on mahila hinsa in nepali language

Online Khabar, News from Nepal, Nepal News

ट्रेन्डिङ +

ताजा अपडेट +.

Onlinekhabar, www.onlinekhabar.com, No 1 News Portal from Nepal in Nepali.

महिला हिंसा : समस्या र समाधान

अधिवक्ता ईश्वर बराल

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ ।

लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । फरक यत्ति हो त्यो कुराको महसूस महिलाले धेरै पछि मात्रै गरे।

नारीको नियति त्यस्तो हैन । पछिल्ला दिनमा पुरुषको उन्माद झनै बढ्दो छ । मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन्झन् असभ्य र हिंस्रक बन्दै गएको अनुभूति हुन्छ । समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झनझन् अमानवीय र क्रूर बन्दै गएको छ । आफूलाई प्रेम नगरेको भन्दै तेजाब शरीरमा हालिदिनेसम्मको निकृष्ट घटना समाजमा भएका छन् । हिंसाको मात्रामा झन्झन् बढोत्तरी हुँदै गइरहेको आभास हुन्छ ।

महिला माथि हुने हिंसा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक हो । महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । यसका अतिरिक्त उत्पादनमूलक काममा महिलाको अनुपस्थिति वा सुस्तता देखिन्छ । स्वास्थ्य क्षेत्रमा खर्च बढिरहेको हुन्छ भने प्रहरी, अदालत र सामाजिक कल्याणका क्षेत्रहरूको समय, श्रम र स्रोतको खर्चमा वृद्धि गराएको छ ।

essay on mahila hinsa in nepali language

महिला हिंसा महिला वा बालिका विरुद्धको हिंसा हो । विशेषगरी महिलाको विरुद्ध अधिकार, श्रेष्ठता, महिला दुर्बलताको दृष्टिकोणको भावनाबाट उत्पन्न हन्छ । महिला विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भनिएको छ, ‘महिला विरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रूपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो, एक महत्वपूर्ण सामाजिक विकृति हो, जहाँ महिलालाई अधीनस्थ स्थितिमा र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’

महिला विरुद्ध हिंसाका केही विशेषताहरू छन्, हिंसा प्रायःजसो अपरिचित शृङ्खलामा हुँदैन र समयसँगै चलिरहन्छ । हिंसा परिचित र नजिककाबाट पनि भइरहेका छन् । सार्वजनिक, निजी क्षेत्र र जीवनको कुनै पनि समयमा आउन सक्छ । महिला विरुद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्रै रोक्दैन, परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनैतिक विकासमा पूर्ण योगदान पुर्‍याउनबाट रोक्दछ । महत्वपूर्ण कुरा के हो भने, हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको छ ।

ई.सं. १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नं. ४८/१०४ बाट पारित महिला हिंसा अन्त्य सम्बन्धी राष्ट्रसंघीय घोषणाापत्रले गरेको परिभाषा अनुसार ‘महिला विरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्यको रूपमा लिइन्छ, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउँदछ वा पुर्‍याउने सम्भावना हुन्छ, जसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाव र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पर्दछ ।’ यस्ा घोषणाले महिला विरुद्धको हिंसालाई महिलाको आधारभूत अधिकार र स्वतन्त्रताको समग्र उल्लंघन तथा हननको रूपमा चित्रित गरेको छ ।

महिला हिंसाको स्वरूप र फैलावट

हिजोआज हिंसाको स्वरूपमा विविधता देखिन्छ । जसलाई व्यक्ति तथा राज्यहरूद्वारा गरिएको हिंसामा विभक्त गरी हेरियो भने अलि सहज हुन्छ । व्यक्तिबाट बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि पर्छन् । राज्यतर्फ सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबर्जस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलाहरूमा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।

संयुक्त राष्ट्रसंघबाट समय समयमा जारी गरिएको विज्ञप्ति नियालेर हेर्ने हो भने विश्वको कुनै क्षेत्र, देश र त्यस्तो कुनै संस्कृति छैन जहाँ हिंसाबाट महिलाको स्वतन्त्रता सुरक्षित गरिएको होस् । फरक छ त केवल महिला हिंसाको स्वरूप अनि नाम । दहेज हिंसा र दुलही जलाउने प्रथा भारत, बंगलादेश, श्रीलंका र नेपालसँग सम्बन्धित छ । एसिड छ्याप्नेमा भारत, बंगलादेश, श्रीलंका र नेपालका अतिरिक्त कम्बोडिया सहित दक्षिण पूर्वी एशिया पर्दछ । अनर किलिङ मध्य पूर्व र दक्षिणएशियासँग सम्बन्धित छ । महिलाको जनेन्दि्रय अंगभंग गर्नेे विकृति अधिकतम रूपमा अपि|mकी मुलुकमा देखिन्छ । थोरै मध्य पूर्व र एशियाको केही अन्य भागमा पनि समस्या छ । अपहरणद्वारा हुने विवाहमा इथियोपिया, मध्यएशिया र ककेसियन मुलुकहरू अग्रपंक्तिमा छन् ।

हिंसा अन्त्यका लागि भएका प्रयास

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करीब २५ देखि ४० प्रतिशत महिलाहरूसँग उनीहरूको जीवनको कुनै न कुनै समयमा यौन हिंसा, घरेलु हिंसा, बलात्कार, इज्जतका लागि गरिने हत्या, बेचबिखन, दाइजोको कारणले गरिने हत्या, तेजाब खन्याउने, महिलाको जनेन्दि्रय अंगभंग गर्ने, प्रजनन अधिकारमाथि नियन्त्रण जस्ता हिंसापूर्ण भेदभावबाट गुज्रनु परेको अनुभव छ । विश्वव्यापी रूपमा प्रजनन उमेर समूहका महिलाको मृत्यु र उनीहरूलाई असमर्थ बनाउनु क्यान्सर भन्दा हिंसा ठूलो कारक हो । यस्तो विषम परिस्थितिमा महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि केही ठोस कार्य गर्नुपर्छ भनी केही वर्ष प्रयास भएको देखिन्छ ।

ई.सं. १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नं. ४८/१०४ बाट पारित महिला हिंसा अन्त्य सम्बन्धी राष्ट्रसंघीय घोषणापत्र, बेइजिङ्ग कार्ययोजना १९९५, सहस्राब्दी विकास लक्ष्य २००५ महिला हिंसा अन्त्यका दिशामा गरिएको पहलकदमी र प्रतिबद्धताको रूपमा लिन सकिन्छ । वि.सं. २००३ मा महिलाको स्थिति सम्बन्धी आयोगले मानवअधिकार र महिला हिंसा विरुद्धका मुद्दा उठाउँदा, सदस्य राष्ट्रहरू सहमतिमा पुग्न सकेका थिएनन् । त्यसको एक दशक पछि सन् २०१३ मा भएको आयोगको ५७ औं सत्रमा महिला अधिकार हिंसाबाट मुक्त र संरक्षित गरिनुपर्दछ भन्नेमा ऐक्यबद्धता जनाइयो । त्यस्तै सोही संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोग (सीएसडब्लू) को सबैभन्दा पछिल्लो ६५औं सत्र (१५-२६, मार्च २०२१) लगायत अन्य विश्वव्यापी संयन्त्रहरूले महिलाको सुरक्षा र हिंसाबाट मुक्ति बीचको अन्योन्याश्रति सम्बन्ध महिला माथि हुने भेदभाव अन्त्यका लागि प्रमुख आधिकारिक अधिकार हुने तथ्य स्थापित गरेका छन् ।

नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानूनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबर्जस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२० हुँदै विभिन्न विषयगत कानून हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानूनी व्यवस्था र प्रतिबद्धता छन् । सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै आएको छ ।

हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन

विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ । जसले गर्दा महिला माथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिन्छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहँुदैन । यस बाहेक, हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ ।

हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ ।

त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ?

समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ?

अन्त्यमा, पुरुषले मनन गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनूस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्दछन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन् । त्यति मात्र होइन तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्ल माक्र्स र पाब्लो नेरुदा माथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रति र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ । ‘मीटु’ अभियानलाई पनि लिन सक्नुहुन्छ ।

किनभने हिजो जसरी तपाईंका कर्तुत लुकाउने सजिला अस्त्र आज छैनन्, ढिलोचाँडो तपाईंको दोहोरो चरित्रको मखुन्डो खुल्छ । तपाईं प्रतिकारको निशानामा पर्नुहुन्छ । त्यसो भएको खण्डमा तपाईं सानो या ठूलो जुनसुकै स्तरको सार्वजनिक बेइज्जती खप्न तयार हुनुपर्छ, यो दाग जीवित हुँदा मात्र होइन मरणोपरान्त समेत वर्षौं वर्ष हजारौं वर्षसम्म प्रष्ट देखिन्छ । यदि यो कुरा तमाम पुरुष वर्गमा बुझाउन सकिने हो भने हिंसाको दर स्वतः आधा भन्दा बढीले घट्छ ।

सँगसँगै घरपरिवार, विद्यालयबाट नै छोराछोरीमा निगरानी, असल शिक्षा अनि दीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तब मात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसूस गर्नुपर्दैन, हिंसामा पर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

प्रतिक्रिया

Login to comment, वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्.

Forgot Password?

प्रतिक्रिया 4

essay on mahila hinsa in nepali language

सम्बन्धित खबर

रेमण्डका मालिकलाई महँगो पर्दैछ श्रीमतीमाथिको हिंसा, ७५ प्रतिशत सम्पत्ति गुमाउन सक्ने

रेमण्डका मालिकलाई महँगो पर्दैछ श्रीमतीमाथिको हिंसा, ७५ प्रतिशत सम्पत्ति गुमाउन सक्ने

कोही किन कमजोर हुन्छ ?

कोही किन कमजोर हुन्छ ?

आउनुहोस् ! अब नेपाल हिंड्नुपर्ने बाटोको न्वारान गरौं

आउनुहोस् ! अब नेपाल हिंड्नुपर्ने बाटोको न्वारान गरौं

माओवादी संकट देखाउने उपनिर्वाचन

माओवादी संकट देखाउने उपनिर्वाचन

सीआईबीको ओरालो यात्रा : विश्वसनीय अनुसन्धानभन्दा गृहमन्त्रीको स्वार्थ हाबी

सीआईबीको ओरालो यात्रा : विश्वसनीय अनुसन्धानभन्दा गृहमन्त्रीको स्वार्थ हाबी

प्राइमरीको प्रचार गर्ने, उम्मेदवार नेताले नै छान्ने

प्राइमरीको प्रचार गर्ने, उम्मेदवार नेताले नै छान्ने

धेरै कमेन्ट गरिएका, लोकप्रिय २४ घण्टा यो साता यो महिना, छुटाउनुभयो कि .

essay on mahila hinsa in nepali language

अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल

प्रधान सम्पादकः शिव गाउँले, सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४, +977-1-4790176, +977-1-4796489, [email protected], or use social media, कृपया ध्यान दिनुहोस्:.

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

  • World Social Forum
  • COVID-19 Response
  • publication
  • Photo Gallery
  • worec in media

logo

३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध अभियान २०२१ अवधारणा पत्र

अन्तर्राष्ट्रिय नाराः Orange the World: End violence Against Women Now

राष्ट्रिय नाराः “ घरैदेखि शुरु गरौं , महिला विरुद्धको हिंसा अन्त्य गरौं”

“घर र समाजको ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता”

essay on mahila hinsa in nepali language

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप - CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ ।

महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।

यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया , मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि , सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी   नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।

साथै सन् १९९१ मा नै क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर यो दिवस “ म हिंसा सहन्न , आफुपनि गर्दिन , र देखेमा प्रतिकार गर्छु ” भनी सेतो रिवन अभियान संचालन गरेका थिए ।उक्त समयदेखि सेतोरिवनलाई लैंगिक हिंसा विरुद्ध प्रतिवद्धताको प्रतीकको रुपमा प्रयोग गर्दै आएको पाईन्छ ।

लिखित इतिहाँसलाइ नियाल्दा नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच , सामाजिक मुल्यमान्यता , शोषण , जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जलसमाधि लिएकी थिईन् ।

१६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका , प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि समुदाय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि भइराखेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै ओरेक नेपालद्वारा “ घर र समाजको ऐक्यबद्धता , लैंगिक हिंसा विरुद्ध शुन्य शहनशिलता ” भन्ने मुख्य नाराका साथ समुदाय स्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।   

घर तथा समाजमा महिलाको अवस्था

महिला भएकै कारण हुने विभेदका परिणामस्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ । यसको अन्त्य गर्न “ संरचनागत असमानताबाट सिर्जित भेदभाव अन्तर्निहित कारणहरूको ” सम्बोधन आवश्यक छ । यो तबमात्र सम्भव छ , जब राज्यले “ महिलाले आफ्नो स्वपहिचान ” का साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुने वातावरण सिर्जना गर्छ ।

महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । ‘ महिला विरुद्धको हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो , जसले महिलालाई शारीरिक , यौनजन्य वा मानसिक क्षति वा पीडा पु ¥ याउँछ वा पु ¥ याउने सम्भावना हुन्छ । यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की , दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत पर्दछ   । ’

  संसारमा हरेक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् र यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको , माया गर्ने र विश्वास गर्ने व्यक्ति हुने गर्दछन् ।   हरेक दिन महिलाले व्यक्तिगतदेखि सार्वजनिक क्षेत्रमा कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहनुपरेको स्थिति छ ।

समग्रतामा मुलुकको लैंगिक विकासको वस्तुस्थिति हेर्दा सन् २०१५ को संयुक्त राष्ट्र « संघीय विकास कार्यक्रम ( यूएनडीपी ) को लैंगिक विकास सूचक (GDI)  अनुरुप नेपाल कम लैंगिक विकास भएको देशको वर्गमा अर्थात् विश्वको १४५ औँ स्थानमा पर्छ । त्यसै गरी नेपाल एशियाली मुलुकमध्ये सबैभन्दा कम लैंगिक विकास भएको देशको सूचीमा पर्छ ।

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता , समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक , समान सहभागिता , सामाजिक सुरक्षा , कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ ।

लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास , समानता , शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसाथ गरिसकेको छ । नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको छ । वर्ष २०७६ लाई नेपाल सरकारले लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा घोषणा गर्नुका साथै कार्ययोजना नै बनाएर स्थानीयतहदेखि संघ तहसम्म विभिन्न अभियानमुलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । महिलाविरुद्ध हुने भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाइएको छ ।

यद्यपि यस्ता हिंसाहरूमा कुनै कमी आउन सकेको छैन । ओरेक नेपालले अभिलेखीकरण गरेको तथ्यांकअनुसार गत ७ वर्ष ( २०७२ देखि २०७८ सम्म ) मा ११ , २९२ जना महिलामाथि विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ ।

ओरेकले यसवर्ष जम्मा १ हजार ७ सय ७२ वटा घटना अभिलेख गरेको छ । यी घटना मध्ये सबैभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित भएको पाइएको छ । प्राप्त तथ्याङ्कका आधारमा यसवर्ष सबैभन्दा बढी ६३ प्रतिशत ( १ , ११६ जना ) महिलामाथि आफ्नै घरभित्र हिंसा भएको छ र हिंसा गर्नेहरूमध्ये सबैभन्दा बढी आफ्नै श्रीमान् र घरपरिवारका सदस्यहरू छन् । कुल १ हजार ११० घरेलु हिंसा मध्ये ७७ प्रतिशत ( ८६० जना ) महिला श्रीमान्बाट र २३ प्रतिशत ( २५० ) महिला घरपरिवारका सदस्यबाट हिंसामा परेका छन् । यसरी घरेलु हिंसा सहन बाध्य महिलामध्ये सबैभन्दा बढी २६ देखि ३५   वर्ष उमेर समूहका ४२ प्रतिशत ( ४६४ जना ) र १७   देखि २५ वर्ष उमेर समूहका ३३ प्रतिशत ( ३७१ जना ) रहेका छन् भने ८३ प्रतिशत ( ७४७ जना ) साक्षर महिला   हिंसाबाट प्रभावित रहेको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कले सक्रियरुपमा प्रजनन उमेरमा रहेका र सचेत महिलामाथि धेरै हिंसा भएको देखाएको छ ।

  नेपाल प्रहरीमा   आर्थिक वर्ष २०७७ / ७८ मा आएका उजुरी मध्ये सबैभन्दा धेरै घरेलु हिंसा कै रहेको छ । यसवर्ष १४ हजार २ सय ३२ वटा उजुरी प्रहरीमा आएका छन् । यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको देखिन्छ । तर घरभित्र भएका धेरैजसो हिंसाका घटना अझैपनि प्रहरीकहाँ पुग्न सकेका छैनन् । हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित प्रहरीकहाँ पुग्ने गरेको पाइन्छ । यसले महिला तथा किशोरीहरु घरभित्रै असुरक्षित रहेको कुरा पुष्टि गर्दछ ।

साथै महिलाहरुका लागि सार्वजनिक स्थल पनि सुरक्षित नरहेको र विभिन्न किसिमका हिंसाको सामना गर्नुपरेको तथ्य ओरेकले गरेको एक अध्ययनबाट पनि पुष्टि हुन्छ । उक्त अध्ययनमा ३२१ जनालाई समेटिएको थियो । उनीहरूमध्ये ४० प्रतिशत ( १२७ जना ) ले सार्वजनिक यातायातमा आफूमाथि हिंसा भएको प्रतिक्रिया दिएका छन् । यसैगरि १० प्रतिशत ( ३१ जना ¬) ले बाटोमा ,  नौ प्रतिशत ( ३० जना ) ले शैक्षिक संस्थामा , सात प्रतिशत ( २१ जना ) ले भीडभाडमा , छ प्रतिशत ( २० जना ) ले एकान्त ठाउँमा आफूमाथि दुव्र्यवहार भएको बताए । साथै पाँच प्रतिशत ( १५ जना ) ले बजार वा अन्य सार्वजनिक स्थलमा , चार प्रतिशत ( १२ जना ) ले स्वास्थ्य संस्थामा , तीन ÷ तीन प्रतिशत ( १० र ९ जना ) ले वित्तिय संस्था र होटेल , पब , डान्सबारमा , दुई प्रतिशत ( ५ जना ) ले कार्यस्थलमा साथै ११ प्रतिशत ( ३६ जना ) ले खेलमैदान , पार्क , पसलमा हिंसामा परेको बताएका छन् ।

नेपालमा राष्ट्रिय महिला आयोगका अनुसार पहिलो बन्दावन्दी सुरु हुनु अघिको दुई महिना ( २०७६ मंसिर देखि २०७६ चैत्रसम्म ) को अवधि र बन्दावन्दीपछिको दुईमहिना ( ११ चैत २०७६ देखि १० जेठ २०७७ सम्म ) को अवधिमा महिलामाथि हुने हिंसामा ११ प्रतिशतले बृद्धि भयो ।   यस्तै ओरेक नेपालले अभिलेख गरेका घटनाअनुसार पनि बन्दाबन्दीको समयमा   कूल १०४२ जना महिलामाथि विभिन्न स्वरुपमा हिंसा भएको पाइयो ।   यी मध्ये ५४ प्रतिशत घरेलु हिंसा थिए । यी घटनाहरू बन्दाबन्दीको समयमा न्यायिक निकाय र सेवा प्रदायक संस्थाहरू बन्द भएका अथवा खुलेपनि उनीहरूसम्म पहुँच हुन नसकेको वेलाका हुन् तर , यस्तो अवस्थामा समेत केही महिलाले आफूमाथि भएको हिंसाविरुद्ध आवाज उठाइ वाहिर आउँदा रिपोर्टिङ्ग भएकामात्र हुन् ।

संस्थामा पहिलो बन्दाबन्दीको समयमा   अभिलेख गरिएका घटनाका प्रभावितहरूसँगको कुराकानी र अनुुभवमा आफूमाथि भएका हिंसाविरुद्ध   जोखिम मोलेर न्यायिक प्रक्रियाका जाँदा प्रहरीले उजुरी लिन आनाकानी गरेको , उजुरी लिएपनि मुद्दा दर्ताको प्रक्रियामा नगएको , मुद्दा दर्ता भएपनि बन्दाबन्दी खुलेपछिमात्र   मुद्दाको प्रक्रिया अगाडी बढ्ने कुरा सम्बन्धित निकायले भन्ने गरेको , घरेलु हिंसाका घटनामा निवेदन लिएपनि छलफल गराएरमात्र छाडिदिने गरेको कुरा पीडितहरूले उठाएका थिए । यस अवस्थामा हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरूले समेत सहज रुपमा सेवा प्रदान गर्न नसकिरहेको , अदालतलगायतका न्याय   दिने निकायहरू बन्द/ नियमित सञ्चालन   हुन नसकेको अवस्थामा महिलाहरू चरम हिंसा सहेर बसेको र   हिंसाविरुद्ध बोली हालेपनि   न्यायका लागि पहल गर्ने स्थिति सहज थिएन भन्ने अनुमान सजिलै गर्न सकिन्छ । समाजको हरेक संरचनामा रहेको विभेदले असमान शक्ति सम्बन्ध सिर्जना गरेको छ । यसकारण आजसम्म महिलालाई पुरुषको तुलनामा समाजका स्रोत र अवसरहरूमा कम प्राथमिकता दिइँदैआएको छ । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ( ५० . ४५ ) ओगटेका महिलाहरूको सामाजिक , आर्थिक , राजनीतिक , प्रशासनिकलगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा पहुँच र उपस्थिति न्यून छ । अझ पनि महिलाहरूको समान नागरिकको हैसियतमा पहिचान स्थापित हुन सकेको छैन । महिलाहरूको राजनैतिक सहभागीतामा वृद्धि भएको देखिन्छ , तर निर्णायक तहमा पुरुषको बाहुल्य नै हावी छ ।

महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम हो । यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी छ । लैंगिक समानता , महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिश्चित नभएसम्म महिलाहरू स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट वञ्चित हुन्छन् । यसर्थ , नेपालको संविधान , नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरू पूर्ण पालना गर्दै , महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण तयार गर्न हामी अपिल गर्दछौं ।

दैनिक जीवनमा महिलाले भोग्दै आएका विभेद र हिंसाको कारण शारीरिक , मानसिक , आर्थिक र सामाजिक असर भोग्न बाध्य महिलाहरूका लागि पहुँचयोग्य र प्रभावकारी सहयोगी संयन्त्रहरू निर्माण गरी न्यायमा अधिकार सुनिश्चितता र सामाजिक न्यायको वातावरण तयार गर्न अपिल गर्दछौं ।

  • महामारी होस वा प्रकृतिक प्रकोप , जस्तोसुकै विषम परिस्थितिमा पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने र न्याय पाउने वातावरण तयार गर्न   सबै स्थानीय तह तथा निकायले उजुरी लिने   र आवश्यक सेवा प्रदान गर्ने कार्यलाई संवेदनशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्दछ । यसका लागि हटलाइन तथा हेल्पलाइन नम्बरहरूको यथाशिघ्र विस्तार गर्न आवश्यक छ   ।
  • अन्तर्राष्ट्रिय सन्धि सम्झौता विशेषगरी महिलाविरुद्ध हुने सबै किसिमका विभेद उन्मुलन गर्ने महासन्धि (CEDAW)  आर्थिक , सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी (UNESCR) र दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि बनाइएको राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरी   बलियो अनुगमन संयन्त्रको   स्थापना गरिनुपर्दछ ।
  • महिलाले आर्थिक रूपमा सशक्त र स्वावलम्बी भएर जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जनाका लागि उनीहरूको आन्तरिक र आर्थिक सशक्तिकरणका कार्यक्रम ल्याउन आवश्यक बजेटको विनियोजनसहित दिर्घकालिन नीतिगत व्यवस्था गरियोस् ।
  • सबैखाले हानिकारक परम्परागत अपराधको   अन्त्यका लागि   स्थानीयदेखि राष्ट्रियस्तरसम्म रणनीति बनाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याईयोस् । साथै   सरकार र राजनीतिक दल कै नेतृत्वमा यस्ता हानिकारक परम्परागत अभ्यासविरुद्ध आम सचेतनाका कार्यक्रमहरू व्यापक रुपमा सञ्चालन गरियोस् ।
  • महिला हिंसामध्ये पनि यौन हिंसा , बलात्कार प्रभावितहरू , खासगरी बालिका एवं किशोरीहरूका लागि सरकारी तहबाट उचित संरक्षण , मनोसामाजिक परामर्श सेवा , सुरक्षित आवास , गुणस्तरीय र सर्वसुलभ शिक्षा तथा रोजगार एवं जीविकोपार्जनको भरपर्दो माध्यमको सुनिश्चित गर्दै आत्मसम्मानसहितको सामाजिक पुनःएकिकरणको यथाशिघ्र व्यवस्था गरिनुपर्दछ ।  
  • महिलाको शरीरलाई परिवार तथा समाजको इज्जतको   रूपमा मात्रै हेर्ने अत्यन्तै हानिकारक र संकिर्ण सोचले महिलामाथि भइरहेका   हिंसामा व्याप्त सामाजिक मौनताको संस्कृतिलाई निरन्तरता दिएको छ । यसका लागि विभेदपूर्ण सामाजिक संरचनाको   रुपान्तरण गरी महिलामाथिका सम्पूर्ण   भेदभावविरुद्ध शून्य सहनशीलताको नीतिलाई स्थानीयदेखि केन्द्रियस्तरसम्मका सम्पूर्ण संरचनामा प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् ।
  • स्थानीयदेखि राष्ट्रियस्तरका न्यायिक एवं कानूनी निकायका प्रतिनिधिहरू महिला हिंसा र लैंगिक विभेद , शोषण र हिंसाप्रति संवेदनशील र सचेत बन्न आवश्यक छ । अधिकांश महिला हिंसाका घटनालाई कानूनी प्रक्रियामा लानुको सट्टा आपसी मेलमिलापमा लैजाने प्रवृत्तिको परिवर्तनमात्रै हैन अन्त्य हुनुपर्दछ । साथै पीडित / प्रभावितको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने गरी यस्ता घटनालाई सम्बोधन गर्नेतर्फ जोड दिनुपर्दछ ।

१६ दिने अभियानको मुख्य उद्देश्य :

यस वर्षको १६ दिने अभियानको मुख्य उद्देश्य ‘ लैंगिक समानता , महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिश्चित हुने वातावरण निर्माण ’ का लागि स्थानीय तहदेखि संघ तहसम्म पैरवी गर्नु हो ।

विशिष्ट उद्देश्यहरू :

  • लैंगिक समानता सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सरकारले गरेको प्रतिबद्धताअनुरुप राज्यको दायित्व पुरा गर्न पैरवी गर्ने ।
  • लैंगिक मैत्री तथा लैंगिक उत्तरदायी संरचना निर्माण गर्न स्थानीय तहदेखि संघसम्म पैरवी तथा सहकार्य गर्ने ।
  • महिला हिंसाका घटनाहरूको विश्लेषण गरिएको “ अन्वेषी ” पुस्तिका विमोचन गरी वर्ष भरी महिलामाथि भएका हिंसाको सत्य – तथ्य प्रमाणका रूपमा प्रस्तुत गर्नु र सरोकारवालाहरूलाई हिंसाको अवस्थाको अन्त्यका लागि जिम्मेवार बनाउने ।
  • घर तथा समाजमा हुने हिंसा अन्त्यका लागि सामुहिक ऐक्यबद्धता र शुन्य सहनशिलताको नीतिलाई अवलम्बन गर्न सामुदायिक संघसंस्था तथा युवाको अगुवाइमा आम नागरिक सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।

१६ दिने अभियानका महत्वपूर्ण दिवसहरू

  • नोभेम्बर २५ – महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस
  • नोभेम्बर २९ – अन्तर्राष्ट्रिय महिला मानवअधिकार रक्षक दिवस
  • डिसेम्बर १ – विश्व एड्स दिवस
  • डिसेम्बर ३ – विश्व अपांगता दिवस
  • डिसेम्बर ५ – विश्व स्वयंसेवक दिवस
  • डिसेम्बर ६ – मण्ट्रियलमा गरिएको छात्रा आमहत्याको सम्झना दिवस ( मण्ट्रियल विश्वविद्यालयमा महिला अधिकारवादीले अघि सारेका सुधारवादी नीतिहरूको विरोध गर्दै एक जना बन्दुकधारीद्वारा १३ छात्रा र १ महिला प्रशासकको हत्या गरिएको थियो ) । यसै दिन नेपालमा पनि नेपाली महिला सहिदहरूको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरिँदै आएको छ ।
  • डिसेम्बर १० – अन्तर्राष्ट्रिय मानवअधिकार दिवस ।

थपजानकारीका लागि

महिला पुनस्र्थापना केन्द्र – ओरेक

बालकुमारी , ललितपुर

इमेल : [email protected] ; [email protected] ; www.worecnepal.org

essay on mahila hinsa in nepali language

SOSEC, Nepal

sosec.org.np

घरेलु तथा लैंगिक हिंसा सम्वन्धि कानुनी सचेतना हाते पुस्तीका

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले घरेलु तथा लैंगिक हिंसा सम्वन्धि कानुनी सचेतना हाते पुस्तीका तयार गरेको छ यसवाट गाउ समुदायमा सचेतना फैलाउने सवैलाई सहयोग पुग्ने आशा गरिएको छ । Gharelu Tatha Laingik Hinsa

Vacancy Announcement (लेखा संयोजक, निर्माण अधिकृत र मनोविमर्श कर्ता)

Download & publications.

हाम्रो सम्पर्क

ठेगाना भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल

फोन +९७७-१-४२५६७०१

फ्याक्स +९७७-१-४२५६७०१

ईमेल [email protected]

  • आयोगको परिचय
  • ध्येय, लक्ष्य र उद्देश्य
  • निर्देशिका/कार्यविधि
  • प्रेस विज्ञप्त्ति
  • कार्यक्रमहरू
  • पूर्व अध्यक्ष तथा सदस्यहरू
  • सुचना अधिकारी
  • कर्मचारीहरू

अनलाइन उजुरी

  • ११४५ हेल्पलाईन

Logo of National Women Commission

ध्यानाकर्षण

essay on mahila hinsa in nepali language

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय महिला आयोगको सोह्रौं वार्षिक प्रतिवेदन मिति २०८० असोज २६ गते पेश गर्नुहुँदै आयोगका माननीय अध्यक्ष तथा सदस्य ज्यूहरु,आयोगका सचिब ज्यू तथा कर्मचारीहरु

सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यू समक्ष राष्ट्रिय महिला आयोगको तर्फबाट आयोगका माननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीले “आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन” पेश गर्नुभयो ।, "खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम, "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम, दाेस्राे चाैमासिक पत्रकार अन्तर्क्रिया कार्यक्रम, सुरक्षा निकायसँग महिला हिंसा निवारणको रणनीतिक योजना बैठक र अन्तर्क्रया कार्यक्रम, राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, मिति २०७९।१०।४ गतेका दिन महिला हकहित र अधिकारका सवाल मध्ये घरेलु हिंसाको विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक बैठक, लैंगिक सम्पर्क व्यक्तिहरुसंग सहकार्य बैठक, समाजमा विद्यमान हानिकारक अभ्यासहरु बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सी आरोप लगायतका प्रथाहरु सम्बन्धी मधेश केन्द्रित अन्तर्क्रिया कार्यक्रम, "मनोरन्जन क्षेत्र र जोखिमयुक्त क्षेत्रमा काम गर्ने महिलाहरूको अवस्था, समस्या, चुनौतिका सवालमा अन्तर्क्रिया" कार्यक्रम, न्यायिक समिति तथा पदाधिकारीहरु बीच लैंगिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुच सम्बन्धी अन्तरक्रिया कार्यक्रम, हेल्पलाईन सेवा "११४५" मा फागुन महिनामा प्राप्त उजुरी संख्या, हाम्रो परिचय.

essay on mahila hinsa in nepali language

पीडितलाई स्वास्थ्य उपचार, अल्पकालीन आवास, निःशुल्क कानुनी सहयोग र सुरक्षा

essay on mahila hinsa in nepali language

जोखिममा परेका बालबालिकालाई विशेष सेवा

essay on mahila hinsa in nepali language

मनोसामाजिक परामर्श

essay on mahila hinsa in nepali language

प्रहरी तथा अन्य सेवा प्रदायक संस्था संग जोडिदिने

essay on mahila hinsa in nepali language

तस्विर सँग्रह

essay on mahila hinsa in nepali language

भिडियो सँग्रह

essay on mahila hinsa in nepali language

रेडियो कार्यक्रम

वर्तमान पदाधिकारीहरु.

ct_code_block

श्री कमला पराजुली

ct_code_block

श्री कृष्ण कुमारी पौडेल खतिवडा

श्री विद्या कुमारी सिन्हा

श्री विद्या कुमारी सिन्हा

श्री सावीत्रा कुमारी शर्मा

श्री सावीत्रा कुमारी शर्मा

 alt=

................

ct_code_block

श्री पार्वती अर्याल

श्री चन्द्रा थापा

श्री चन्द्रा थापा

(सूचना अधिकारी)

HindiKiDuniyacom

महिलाओं के विरुद्ध हिंसा पर निबंध (Violence against Women in India Essay in Hindi)

महिलाओं के विरुद्ध हिंसा

21वीं सदी के भारत में तकनीकी प्रगति और महिलाओं के विरुद्ध हिंसा दोनों ही साथ-साथ चल रहे है। महिलाओं के विरुद्ध होती यह हिंसा अलग-अलग तरह की होती है तथा महिलाएं इस हिंसा का शिकार किसी भी जगह जैसे घर, सार्वजनिक स्थान या दफ्तर में हो सकती हैं। महिलाओं के प्रति होती यह हिंसा अब एक बड़ा मुद्दा बन चुकी है और इसे अब और ज्यादा अनदेखा नहीं किया जा सकता क्योंकि महिलाएं हमारे देश की आधी जनसँख्या का प्रतिनिधित्व करती हैं।

भारत में महिलाओं के विरुद्ध हिंसा पर छोटे तथा बड़े निबंध  (Short and Long Essay on Violence against Women in India in Hindi, Bharat me Mahilaon ke Viruddh Hinsa par Nibandh Hindi mein)

महिलाओं के विरुद्ध हिंसा पर निबंध – 1 (250 – 300 शब्द).

भारतीय समाज के पुरुष-प्रधान होने की वजह से महिलाओं को बहुत अत्याचारों का सामना करना पड़ा है। आमतौर पर महिलाओं को जिन समस्याओं से लड़ना पड़ता है उनमे प्रमुख है दहेज़-हत्या, यौन उत्पीड़न, महिलाओं से लूटपाट, नाबालिग लड़कियों से राह चलते छेड़-छाड़ इत्यादि।

भारतीय दंड संहिता के अनुसार बलात्कार, अपहरण अथवा बहला फुसला के भगा ले जाना, शारीरिक या मानसिक शोषण, दहेज़ के लिए मार डालना, पत्नी से मारपीट, यौन उत्पीड़न आदि को गंभीर अपराध की श्रेणी में रखा गया है। महिला हिंसा से जुड़े केसों में लगातार वृद्धि हो रही है और अब तो ये बहुत तेज़ी से बढ़ते जा रहे हैं।

महिलाओं के विरुद्ध हिंसा

हिंसा से तात्पर्य है किसी को शारीरिक रूप से चोट या क्षति पहुँचाना। किसी को मौखिक रूप से अपशब्द कह कर मानसिक परेशानी देना भी हिंसा का ही रूप है। इससे शारीरिक चोट तो नहीं लगती परन्तु दिलों-दिमाग पर गहरा आघात जरुर पहुँचता है। बलात्कार, हत्या, अपहरण आदि को आपराधिक हिंसा की श्रेणी में गिना जाता है तथा दफ़्तर या घर में दहेज़ के लिए मारना, यौन शोषण, पत्नी से मारपीट, बदसलूकी जैसी घटनाएँ घरेलू हिंसा का उदाहरण है। लड़कियों से छेड़-छाड़, पत्नी को भ्रूण-हत्या के लिए मज़बूर करना, विधवा महिला को सती-प्रथा के पालन करने के लिए दबाव डालना आदि सामाजिक हिंसा के अंतर्गत आते है। ये सभी घटनाएँ महिलाओं तथा समाज के बड़े हिस्से को प्रभावित कर रहीं हैं।

महिलाओं के प्रति होती हिंसा में लगातार इज़ाफा हो रहा है और अब तो ये चिंताजनक विषय बन चुका है। महिला हिंसा से निपटना समाज सेवकों के लिए सिरदर्द के साथ-साथ उनके लिए एक बड़ी जिम्मेदारी भी है। हालाँकि महिलाओं को जरुरत है की वे खुद दूसरों पर निर्भर न रह कर अपनी जिम्मेदारी खुद ले तथा अपने अधिकारों, सुविधाओं के प्रति जागरूक हो।

निबंध 2 (300 शब्द)

भारत में महिलाओं के विरुद्ध हिंसा बहुत पुराना सामाजिक मुद्दा है जिसकी जड़ें अब सामजिक नियमों तथा आर्थिक निर्भरता के रूप में जम चुकी है। बर्बर सामूहिक बलात्कार, दफतर में यौन उत्पीड़न, तेजाब फेकनें जैसी घटनाओं के रूप में महिलाओं के विरुद्ध हिंसा उजागर होती रही है। इसका ताज़ा उदाहरण है राजधानी दिल्ली में 16 दिसम्बर 2012 निर्भया गैंग-रेप केस।

23 साल की लड़की से किये गए सामूहिक बलात्कार ने देश को झकझोर कर रख दिया था। परिणामस्वरूप बड़ी संख्या में भीड़ बदलाव की मांग करती हुई सड़कों पर उतर आई। ऐसी घटनाओं के रोज़ होने के कारण इससे महिलाओं के लिए सामाजिक मापदंड बदलना नामुमकिन सा लगता है। लोगों की शिक्षा स्तर बढ़ने के बावजूद भारतीय समाज के लिए ये समस्या गंभीर तथा जटिल बन गई है। महिलाओं के विरुद्ध होती हिंसा के पीछे मुख्य कारण है पुरुष प्रधान सोच, कमज़ोर कानून, राजनीतिक ढाँचे में पुरुषों का हावी होना तथा नाकाबिल न्यायिक व्यवस्था।

एक रिसर्च के अनुसार महिलाएं सबसे पहले हिंसा का शिकार अपनी प्रारंभिक अवस्था में अपने घर पर होती हैं। खासकर ग्रामीण इलाकों में महिलाओं को उनके परिवारजन, पुरुष रिश्तेदारों, पड़ोसियों द्वारा प्रताड़ित किया जाता है।

भारत में महिलाओं की स्थिति संस्कृति, रीती-रिवाज़, लोगों की परम्पराओं के कारण हर जगह भिन्न है। उत्तर-पूर्वी राज्यों तथा दक्षिण भारत के राज्यों में महिलाओं की अवस्था बाकि राज्यों के काफी अच्छी है। भ्रूण हत्या जैसी कुरीतियों के कारण भारत में 2011 की जनगणना के अनुसार 1000 लड़कों पर केवल 940 लड़कियां ही थी। इतनी कम लड़कियों की संख्या के पीछे भ्रूण-हत्या, बाल-अवस्था में लड़कियों की अनदेखी तथा जन्म से पहले लिंग-परीक्षण जैसे कारण हैं।

राष्ट्रीय अपराधिक रिकार्ड्स ब्यूरो के अनुसार महिलाएं अपने ससुराल में बिलकुल भी सुरक्षित नहीं हैं। महिलाओं के प्रति होती क्रूरता में एसिड फेंकना, बलात्कार, हॉनर किलिंग, अपरहण, दहेज़ के लिए क़त्ल करना, पति अथवा ससुराल वालों द्वारा पीटा जाना आदि शामिल है।

Essay on Violence Against Women in India in Hindi

निबंध 3 (400 शब्द)

भारत में महिलाएं हर तरह के सामाजिक, धार्मिक, प्रान्तिक परिवेश में हिंसा का शिकार हुई हैं। महिलाओं को भारतीय समाज के द्वारा दी गई हर तरह की क्रूरता को सहन करना पड़ता है चाहे वो घरेलू हो या फिर शारीरिक, सामाजिक, मानसिक, आर्थिक हो। भारत में महिलाओं के विरुद्ध हिंसा को बड़े स्तर पर इतिहास के पन्नों में साफ़ देखा जा सकता है। वैदिक काल में महिलाओं की स्थिति आज के मुकाबले बहुत सुखद थी पर उसके बाद, समय के बदलने के साथ-साथ महिलाओं के हालातों में भी काफी बदलाव आता चला गया। परिणामस्वरुप हिंसा में होते इज़ाफे के कारण महिलाओं ने अपने शिक्षा के साथ सामाजिक, राजनीतिक, सांस्कृतिक समारोह में भागीदारी के अवसर भी खो दिए।

महिलाओं पर बढ़ते अत्याचारों के कारण उन्हें भरपेट भोजन नहीं दिया जाता था, उन्हें अपने मनपसंद कपड़े पहनने की अनुमति नहीं थी, जबरदस्ती उनका विवाह करवा दिया जाता था, उन्हें गुलाम बना के रखा जाने लगा, वैश्यावृति में धकेला गया। महिलाओं को सीमित तथा आज्ञाकारी बनाने के पीछे पुरुषों की ही सोच थी। पुरुष महिलाओं को एक वस्तु के रूप में देखते थे जिससे वे अपनी पसंद का काम करवा सके। भारतीय समाज में अक्सर ऐसा माना जाता है की हर महिला का पति उसके लिए भगवान समान है।

उन्हें अपने पति की लम्बी उम्र के लिए व्रत रखना चाहिए तथा हर चीज़ के लिए उन्हें अपने पति पर निर्भर रहना चाहिए। पुराने समय में विधवा महिलाओं के दोबारा विवाह पर पाबंदी थी तथा उन्हें सती प्रथा को मानने का दबाव डाला जाता था। महिलाओं को पीटना पुरुष अपना जन्मसिद्ध अधिकार समझते थे। महिलाओं के प्रति हिंसा में तेज़ी तब आई जब नाबालिग लड़कियों को मंदिर में दासी बना कर रखा जाने लगा। इसने धार्मिक जीवन की आड़ में वैश्यावृति को जन्म दिया।

मध्यकालीन युग में इस्लाम और हिन्दू धर्म के टकराव ने महिलाओं के विरुद्ध हिंसा को बढ़ावा दिया। नाबालिग लड़कियों का बहुत कम उम्र में विवाह कर दिया जाता था और उन्हें हर समय पर्दे में रहने की सख्त हिदायत दी जाती थी। इस कारण महिलाओं के लिए अपने पति तथा परिवार के अलावा बाहरी दुनिया से किसी भी तरह का संपर्क स्थापित करना नामुमकिन था। इसके साथ ही समाज में बहुविवाह प्रथा ने जन्म लिया जिससे महिलाओं को अपने पति का प्यार दूसरी महिलाओं से बांटना पड़ता था।

नववधू की हत्या, कन्या भ्रूण हत्या और दहेज़ प्रथा महिलाओं पर होती बड़ी हिंसा का उदाहरण है। इसके अलावा महिलाओं को भरपेट खाना न मिलना, सही स्वास्थ्य सुविधा की कमी, शिक्षा के प्रयाप्त अवसर न होना, नाबालिग लड़कियों का यौन उत्पीड़न, दुल्हन को जिन्दा जला देना, पत्नी से मारपीट, परिवार में वृद्ध महिला की अनदेखी आदि समस्याएँ भी महिलाओं को सहनी पड़ती थी।

भारत में महिला हिंसा से जुड़े केसों में होती वृद्धि को कम करने के लिए 2015 में भारत सरकार जुवेनाइल जस्टिस (केयर एंड प्रोटेक्शन ऑफ़ चिल्ड्रेन) बिल लाई। इसका उद्देश्य साल 2000 के इंडियन जुवेनाइल लॉ को बदलने का था क्योंकि इसी कानून के चलते निर्भया केस के जुवेनाइल आरोपी को सख्त सजा नहीं हो पाई। इस कानून के आने के बाद 16 से 18 साल के किशोर, जो गंभीर अपराधों में संलिप्त है, के लिए भारतीय कानून के अंतर्गत सख्त सज़ा का प्रावधान है।

संबंधित जानकारी:

महिलाओं की सुरक्षा पर निबंध

महिला शिक्षा पर निबंध

महिलाओं की स्थिति पर निबंध

संबंधित पोस्ट

मेरी रुचि

मेरी रुचि पर निबंध (My Hobby Essay in Hindi)

धन

धन पर निबंध (Money Essay in Hindi)

समाचार पत्र

समाचार पत्र पर निबंध (Newspaper Essay in Hindi)

मेरा स्कूल

मेरा स्कूल पर निबंध (My School Essay in Hindi)

शिक्षा का महत्व

शिक्षा का महत्व पर निबंध (Importance of Education Essay in Hindi)

बाघ

बाघ पर निबंध (Tiger Essay in Hindi)

  • सूचना /बिज्ञप्ति
  • एनआरएन स्पेसल

mahila-hinsa

ताजा समाचार, ‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’, विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल, क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य ,  डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने , एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा , पाँच जनाकै उम्मेदवार कायम रह्यो भने मैले चुनाव जित्छु, म कि त बोल्दिनँ, बोलेपछि फिर्ता हुन्नँ । अध्यक्षमा उम्मेदवारी दिन्छु..., ‘अमेरिका छिर्दा मेक्सिकोको र युरोप छिर्दा टर्कीको कहानी एउटै’, आईसीयूमा एनआरएनए , एनआरएनमा व्यापारीको सधैं नेतृत्व, मजदुर वर्ग सधै मतदाता.

  • हाम्रो बारेमा
  • Nepali Unicode

Results for mahila hinsa essay in nepali translation from Nepali to English

Human contributions.

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

mahila hinsa essay in nepali

mahila hinsa bare nibanda

Last Update: 2019-02-01 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa in nepali

Last Update: 2020-11-29 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa essay

mahila haina essay

Last Update: 2017-12-28 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa ko nara in nepali

Last Update: 2020-11-25 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa ko essay

mahila hinsa ko निबंध

Last Update: 2018-01-28 Usage Frequency: 2 Quality: Reference: Anonymous

essay discipline in nepali

discipline should in learned

Last Update: 2017-06-08 Usage Frequency: 2 Quality: Reference: Anonymous

mahila hinsa

Last Update: 2021-06-04 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay on robot in nepali

Last Update: 2023-12-12 Usage Frequency: 3 Quality: Reference: Anonymous

essay about telivision in nepali

Last Update: 2020-10-13 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay of horse in nepali language

Last Update: 2024-02-17 Usage Frequency: 2 Quality: Reference: Anonymous

swachh bharat abhiyan essay in nepali

Last Update: 2023-09-13 Usage Frequency: 8 Quality: Reference: Anonymous

computer ko mahataav essay in nepali language

Last Update: 2021-05-13 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa biruddha naraharu

nepali nariko chahana mahila hinsa ko antya

Last Update: 2020-12-22 Usage Frequency: 1 Quality: Reference: Anonymous

shiksha ra jeevan ra mahatva essay in nepali

Last Update: 2021-06-20 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa samasya rw samadhan

Last Update: 2020-12-03 Usage Frequency: 1 Quality: Reference: Anonymous

mahila hinsa newnekaran ma bidhaythi ko bumika

Last Update: 2023-05-31 Usage Frequency: 6 Quality: Reference: Anonymous

mahila hinsa karanne ra samadhakobarema nibandha lekha

Last Update: 2020-12-08 Usage Frequency: 1 Quality: Reference: Anonymous

my school in nepali essay

Last Update: 2021-02-14 Usage Frequency: 1 Quality: Reference: Anonymous

jati ka adahar ma gafiney aamanwiye bebahar manawta birodi karya ho essay in nepali

Last Update: 2020-10-14 Usage Frequency: 1 Quality: Reference: Anonymous

Get a better translation with 7,697,649,717 human contributions

Users are now asking for help:.

IMAGES

  1. mahila hinsa essay in nepali // Women Empowerment // महिला हिंसा निबन्ध

    essay on mahila hinsa in nepali language

  2. 56 Nepali Mahila hinksha 1

    essay on mahila hinsa in nepali language

  3. Mahila Hinsa Nhanke महिला हिंसा न्हंके Lalitpur Metropolitan City

    essay on mahila hinsa in nepali language

  4. Class 9 nepali chapter 14 question answer|Class 9 nepali chapter 14

    essay on mahila hinsa in nepali language

  5. 57 Nepali Mahila hinsha 2

    essay on mahila hinsa in nepali language

  6. Mahila Hinsha महिला हिंसा Song by Bishnu Khatri & Keshari Gharti Magar

    essay on mahila hinsa in nepali language

VIDEO

  1. POEMS FROM NEPAL Hinsa

  2. Nepali Mahila Team ki Operation || NewsRead

  3. Class-9 •|• Subject

  4. दशैं निबन्ध नेपालीमा || dashain essay in nepali || dashain essay || dashain in nepali

  5. mahila hinsa.. music

  6. दशैं शीर्षक मा निबन्ध

COMMENTS

  1. महिला हिंसाको बारेमा निबन्ध । Essay on mahila hinsa

    आज महिला हिंसाको बारेमा निबन्ध(essay on mahila hinsa) १००,१५०, २००, २५०, ३००, ५०० शब्दमा छ। ... हाम्रो संस्कृतिको बारेमा निबन्ध । hamro sanskriti essay in nepali. जुलाई 02, 2021.

  2. महिला हिंसा

    महिला हिंसा. के हो महिला हिंसा ? महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा ...

  3. महिला हिंसा निबन्ध । Essay on Women Violence in Nepali

    महिला हिंसा निबन्ध । Essay on Women Violence in Nepali#निबन्ध #महिलाहिंसामहिला ...

  4. महिला हिंसा : कारण र न्यूनीकरण

    महिला हिंसा : कारण र न्यूनीकरण. हिंसा भनेको एक व्यक्तिले अको व्यक्तिलाई दिइने याता, पीडा, दु:ख र अपमान हो। यो शरीरिक, मानसिक, आर्थिक ...

  5. महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?

    चुनौतीलाई छिचोल्दै न्याय निरूपणमा सक्रिय. संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २ ...

  6. घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ सम्बन्धी जानकारी पत्र

    Download: sexual violence (Nepali) Contact Information Forum for Women, Law and Developement - FWLD Head Office 72 Adarsha Marg, Thapathali Kathmandu, Nepal Tel : 977-1-5333525 | 1-5333524 | 1-5366415 Fax: Email: [email protected] | [email protected] Skype: fwld.nepal. Information Officer

  7. महिला हिंसा : समस्या र समाधान

    महिला हिंसा : समस्या र समाधान. 'घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं' नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

  8. Essay on Women Empowerment in Nepali

    महिला सशक्तिकरण निबन्ध । Essay on Women Empowerment in Nepali । Women Empowerment#womenempowerment #women #महिला #निबन्ध To stay ...

  9. ३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध अभियान २०२१ अवधारणा पत्र

    Central office: Balkumari, Lalitpur, Nepal; Phone: 977-01-5186073 , 5186374; Fax: 977-01-5186271; Hotline :16600178910 [email protected]

  10. पन्ध्रौं योजनामा लैङ्गिक समानता तथा महिला सशक्तीकरण

    Address Bhadrakali Plaza, Kathmandu, Nepal. Phone +977-1-4256701. Fax +977-1-4256701. Email [email protected]

  11. mahila hinsa essay in nepali // Women Empowerment ...

    महिला हिंसा निबन्ध Essay on Women Violence in Nepalimahila hinsa essay #निबन्ध #महिलाहिंसाsee ...

  12. PDF Domestic Violence Act, 2066

    Penalty: (1) A person who commits an act of domestic violence shall be punished with a fine of Three Thousand Rupees upto Twenty Five Thousand Rupees or Six months of imprisonment or both. (2) A person who attempts to commit domestic violence or abets the crime or incites others to commit the crime shall be liable to half the punishment of the ...

  13. घरेलु तथा लैंगिक हिंसा सम्वन्धि कानुनी सचेतना हाते पुस्तीका

    २८ भाद्र २०७७, आईतवार ००:५१. Social Service Centre (SOSEC) Nepal is working by giving high priority and sensitivity on the rights of women and children under the principle of integrated development approach to obtain rights of women, children, raute community and backwarded communities in Dailekh ...

  14. राष्ट्रिय महिला आयोग

    कृपया तपाईंको उजुरी 1145 मा दर्ता गर्नुहोस्। राष्ट्रिय महिला आयोगको हटलाइन हप्ताको सातै दिन चौबीसै घण्टाको लागि खुला छ | अनलाइन ...

  15. Mahila hinsa birudha ko 16 dine...

    ABC Nepal - Jhapa. ·. November 26, 2018 ·. Mahila hinsa birudha ko 16 dine abhiyan. Bhadrapur Nagarpalika ko ayojanama ABC Nepal Jhapa sathai bibhinna sansthaharu ko sahabhagita ma bhabya rup ma pahilo karyakram sampanna. 7. 1 share.

  16. भारत में महिलाओं के विरुद्ध हिंसा पर निबंध

    महिलाओं के विरुद्ध हिंसा पर निबंध (Violence against Women in India Essay in Hindi) 21वीं सदी के भारत में तकनीकी प्रगति और महिलाओं के विरुद्ध हिंसा दोनों ही साथ-साथ ...

  17. Mahila Hinsa || महिला हिँसा /A Real based Story- 2017

    Koche Nepal Presents :-Mahila Hinsha महिला हिँसा Director / Presenter:- Laya SangraulaCinematographer:- Khem Thapa MagarEditor:- Prem Sharma PaudelArtist:- ...

  18. mahila-hinsa

    mahila-hinsa ताजा समाचार 'विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।'

  19. Results for महिला हिंसा translation from Nepali to English

    mahila hinsa ko essay in nepli. Last Update: 2021-10-03 Usage Frequency: ... mahila adhikar in nepali language. Last Update: 2022-08-16 Usage Frequency: ...

  20. Mahila hinsa ko essay in nepal in English with examples

    Contextual translation of "mahila hinsa ko essay in nepali" into English. Human translations with examples: nepali, mahila haina essay.

  21. नारी दिवस Essay on Women's Day in Nepali Easy

    How to write an essay on Women's Day in Nepali.Easy way to write an essay. Nepali essay for students.https://youtu.be/9nOc3OU54jI

  22. Mahila hinsa essay in nepali in English with examples

    computer ko mahataav essay in nepali language. Last Update: 2021-05-13. Usage Frequency: 1. Quality: Reference: Anonymous. mahila hinsa biruddha naraharu. nepali nariko chahana mahila hinsa ko antya. Last Update: 2020-12-22. Usage Frequency: 1.